कोशीका पूर्वमन्त्री अधिकारी रिहा

हिमाल प्रेस १० मंसिर २०८१ २०:१३ | Monday, November 25, 2024
कोशीका पूर्वमन्त्री अधिकारी रिहा लीलावल्लभ अधिकारी

काठमाडौँ- कोशी प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारी रिहा भएका छन्। जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले मुद्दा नचल्ने निर्णय गरेपछि उनी रिहा भएका हुन्।

जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले मुद्दा नचल्ने सरकारी वकिलको कार्यालयको निर्णयपछि उनलाई रिहा गरिएको बताएका छन्।

पूर्वमन्त्री अधिकारी कात्तिक ११ मा जापान भ्रमणमा गएका बेला मानवतस्करी गरेको आरोप लागेको थियो। उनी टाकियो महानगर र आर्ट काउन्सिल टोकियोले आयोजना गरेको कार्यक्रममा सहभागी हुन जापान गएका थिए।

उनीसँगै जापान गएका अन्य तीन जनालाई जापानको नारिता विमानस्थलस्थित अध्यागमनले केरकार गरेका थिए। प्रस्ट जवाफ नदिएपछि अध्यागमनले चारै जनालाई डिपोर्ट गरिदिएको थियो।

डिपोर्ट भएपछि अध्यागमन विभागले थप अनुसन्धानका लागि तीन जनालाई उपत्यका अपराध अनुसन्धान कार्यालयको जिम्मा लगाएको थियो। अनुसन्धानका क्रममा अधिकारीको पनि संलग्नता देखिएको भन्दै काठमाडौँ प्रहरीले उनलाई कात्तिक २६ गते विराटनगरबाट नियन्त्रणमा लिएको थियो।

प्रकाशित: १० मंसिर २०८१ २०:१३ | Monday, November 25, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast