कुरिलो ९ सय, स्कुस १७ रुपैयाँ [अरू तरकारी कति]

हिमाल प्रेस २९ कार्तिक २०८१ ८:५४ | Thursday, November 14, 2024
कुरिलो ९ सय, स्कुस १७ रुपैयाँ [अरू तरकारी कति]

काठमाडौँ- फलफूल तथा तरकारी बजार विकास समिति कालिमाटीले आज (बिहीबार) कालीमाटी बजारमा किनबेच भइरहेको तरकारी तथा फलफूलहरुको मूल्यसूची सार्वजनिक गरेको छ।

कालिमाटीमा आज च्याउ, गोलभेँडा, बोडीसहितका केही तरकारीको मूल्य थोरै घटेको छ। तर, काउली, लौका लगायतका तरकारीको मूल्य भने केही बढेको छ।

कालिमाटीमा आज पनि सबैभन्दा सस्तो तरकारीका स्कुस छ भने सबैभन्दा महँगो तरकारी कुरिलो छ। स्कुसको मूल्य प्रतिकिलो १७ रुपैयाँ मात्रै छ भने कुरिलोको मूल्य नौसय रुपैयाँ छ।

कालिमाटीमा आज ठूलो भारतीय गोलभेँडा ९५, सानो लोकल गोलभेँडा ७०, टनेलमा फलेको सानो गोलभेँडा १०३, रातो आलु ७७, भारतीय रातो आलु ६७, सुकेको भारतीय प्याज १२६, लोकल गाँजर १४५, तराईको गाँजर १२५, तराईको बन्दा ६०, स्थानीय काउली ११०, तराईको काउली ९५, रातो मुला ४५, सेतो मुला ३५ रुपैयाँ प्रतिकिलो छ।

त्यसैगरी लाम्चो भन्टा ४५, डल्ले भन्टा ६५, तने बोडी १२५, मकै बोडी ७५, करेला ८५, लौका ६५, परबल ६५, चिचिन्डो ४५, फर्सी ४५, भिन्डी ८५, बरेला ४५, स्कुस १७, रायो र पालुंगोको साग ५५, चमसुरको साग १२६, कन्य च्याउ २१६, डल्ले च्याउ २७०, कुरिलो ९००, ब्रोकाउली १५० रुपैयाँ प्रतिकिलो छ। थोकमा किनबेच भइरहेको यो सबै तरकारीको मूल्य औसत हो।

कालिमाटीमा हिजो ठूलो भारतीय गोलभेँडा ९५, सानो लोकल गोलभेँडा ८८, टनेलमा फलेको सानो गोलभेँडा १२०, रातो आलु ७७, भारतीय रातो आलु ५८, सुकेको भारतीय प्याज १२७, लोकल गाँजर १३५, तराईको गाँजर ११०, तराईको बन्दा ६५ रुपैयाँ प्रतिकिलो थियो।

त्यसैगरी हिजो कालीमाटीमा स्थानीय काउली ९५, तराईको काउली ८५, रातो मुला ४५, सेतो मुला ३५, लाम्चो भन्टा ३५, डल्ले भन्टा ५५, तने बोडी १४५, मकै बोडी ५५, करेला ८५, लौका ५५, परबल ७५, चिचिन्डो ४५, पाकेको फर्सी ३५, भिन्डी ७५, स्कुस १७, रायोको साग ६५, पालुंगोको साग ५५, चम्सुरको साग १२६, कन्य च्याउ २००, डल्ले च्याउ ३०३, कुरिलो ९००, ब्रोकाउली १४० रुपैयाँ प्रतिकिलो थियो।

प्रकाशित: २९ कार्तिक २०८१ ८:५४ | Thursday, November 14, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast