कालिमाटीमा सस्तियो साग, महँगियो कुरिलो

हिमाल प्रेस २८ कार्तिक २०८१ ८:४३ | Wednesday, November 13, 2024
कालिमाटीमा सस्तियो साग, महँगियो कुरिलो

काठमाडौँ- फलफूल तथा तरकारी बजार विकास समिति कालिमाटीले आज (बुधबार) कालीमाटी बजारमा किनबेच भइरहेको तरकारी तथा फलफूलहरुको मूल्यसूची सार्वजनिक गरेको छ।

कालिमाटीमा आज काउली, साग, आलु, भन्टासहितका केही तरकारीको मूल्य घटेको छ। बोडी, प्याज, गोलभेँडासहितका तरकारीको मूल्य भने बढेको छ।

कालिमाटीमा आज पनि सबैभन्दा सस्तो तरकारीका स्कुस छ भने सबैभन्दा महँगो तरकारी कुरिलो छ। कालिमाटीमा आज ठूलो भारतीय गोलभेँडा ९५, सानो लोकल गोलभेँडा ८८, टनेलमा फलेको सानो गोलभेँडा १२०, रातो आलु ७७, भारतीय रातो आलु ५८, सुकेको भारतीय प्याज १२७, लोकल गाँजर १३५, तराईको गाँजर ११०, तराईको बन्दा ६५ रुपैयाँ प्रतिकिलो छ।

त्यसैगरी स्थानीय काउली ९५, तराईको काउली ८५, रातो मुला ४५, सेतो मुला ३५, लाम्चो भन्टा ३५, डल्ले भन्टा ५५, तने बोडी १४५, मकै बोडी ५५, करेला ८५, लौका ५५, परबल ७५, चिचिन्डो ४५, पाकेको फर्सी ३५, भिन्डी ७५, स्कुस १७, रायोको साग ६५, पालुंगोको साग ५५, चम्सुरको साग १२६, कन्य च्याउ २००, डल्ले च्याउ ३०३, कुरिलो ९००, ब्रोकाउली १४० रुपैयाँ प्रतिकिलो छ। थोकमा किनबेच भइरहेको यो सबै तरकारीको मूल्य औसत हो।

कालिमाटीमा हिजो भारतीय ठूलो गोलभेँडा ९५, सानो जातको लोकल गोलभेँडा ८८, रातो आलु ७७, भारतीय रातो आलु ६४, तराईको गाँजर ९५, लोकल बन्दा ५५, मुला ३५, लाम्चो भन्टा ४५, चिचिन्डो ३५, बरेला ३५, पाकेको फर्सी, स्कुस १७ रुपैयाँ प्रतिकिलो थियो।

प्रकाशित: २८ कार्तिक २०८१ ८:४३ | Wednesday, November 13, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast