कर्णालीको स्वास्थ्य सेवालाई सुदृढ बनाउनुस् : स्वास्थ्यमन्त्री पौडेल

हिमाल प्रेस २८ कार्तिक २०८१ १६:५० | Wednesday, November 13, 2024
कर्णालीको स्वास्थ्य सेवालाई सुदृढ बनाउनुस् : स्वास्थ्यमन्त्री पौडेल स्वास्थ्यमन्त्री प्रदीप पौडेल

जुम्ला- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमाको दायरालाई फराकिलो बनाउन लागिएको जानकारी दिएका छन्। यहाँस्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहमा उनले कर्णालीको स्वास्थ्य सेवालाई सुदृढ बनाउन प्रतिष्ठानले थप जिम्मेवारीका साथ काम गर्न निर्देशन दिए।

‘स्वास्थ्य सेवालाई सहज बनाउन मन्त्रालय लागिपरेको छ। प्रतिष्ठानले दक्ष जनशक्ति उत्पादन गर्नेगरी काम गर्न आश्यक छ। मन्त्रालयले वार्षिक बजेटमा कर्णालीको स्वास्थ्य क्षेत्रलाई सदृढ बनाउन विशेष प्रथामिकतामा राखेको छ’ उनले भने।

स्वास्थ्यमन्त्री पौडेलले जलनका सबै बिरामीहरूलाई सरकारले निःशुल्क उपचारको व्यवस्थासमेत गरेको जानकारी दिए।

प्रकाशित: २८ कार्तिक २०८१ १६:५० | Wednesday, November 13, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast