भ्रमको खेतीमा रमाउनेलाई जानकारी होस्, हामी आईसीएपीपीको महाधिवेशनका लागि आएका हौँ : राजन भट्टराई

हिमाल प्रेस ६ मंसिर २०८१ १२:५९ | Thursday, November 21, 2024
भ्रमको खेतीमा रमाउनेलाई जानकारी होस्, हामी आईसीएपीपीको महाधिवेशनका लागि आएका हौँ : राजन भट्टराई

काठमाडौँ- नेकपा एमालेका नेता राजन भट्टराई कम्बोडिया लागेपछि अहिले सामाजिक सन्जालमा टीकाटिप्पणी भइरहेको छ। उनको कम्बोडिया भ्रमणलाई केही दिनअघि चर्चामा रहेको प्रधानमन्त्री केपी शर्मा ओलीको ‘फर्जी डकुमेन्ट’सँग जोडेर अहिले चर्चा चलाइरहिएको छ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईले ओलीको रकम कम्बोडियामा रहेको भन्दै पत्रकार सम्मेलन गरेका थिए। प्रधानमन्त्रीमाथि झुटा आरोप लगाएको भन्दै प्रसाई पक्राउ परिसकेका छन्। तर अहिले यो विवाद सेलाउन नपाउँदै एमाले नेताहरूको कम्बोडिया भ्रमणलाई लिएर टिप्प्णी गरिँदैछ।

यति मात्र होइन, भट्टराई एमालेले गर्न लागेको र्ने जागरण सभाका कमाण्डर समेत हुन्। तर फागुन ७ मा हुने सोही कार्यक्रमको जिम्मेवारी छाडेर उनी कम्बोडिया लागेका छन्। कम्बोडिया भ्रमण विवादमा परेपछि भट्टराईले सामाजिक सन्जालमा आफू मात्र नभई अन्य दलका नेता समेत टोलीमा रहेको बताएका छन्। उनले नेपालबाट ५ दलका १३ नेताहरू भ्रमण टोली रहेको सुनाएका छन्। भट्टराईले आईसीएपीपीको १२ औँ महाअधिवेशनका लागि कम्बोडिया गएको जानकारी दिएका छन्।

उनले लेखेका छन् ‘भ्रमको खेतीमा रमाउनेहरूलाई जानकारी होस्, कम्बोडियामा हुने आईसीएपीपीको १२ औँ महाधिवेशनमा भाग लिन नेपालका ५ भन्दा बढी दलका १३ जना प्रतिनिधि जाँदैछन्। थप केही भन्नुपर्छ?’ भट्टराईले नै कम्बोडिया जाँदै गरेको सामाजिक सन्जालमा लेखेपछि टिप्पणी हुन थालेको हो।

हिजो उनले आफू कम्बोडिया जान लागेको र जागरण अभियानको संयोजकको जिम्मेवारी एमाले प्रदेश अध्यक्ष कैलाश ढुंगेललाई दिएको जानकारी दिएका थिए।

को को छन् भ्रमण टोलीमा?

भट्टराईका अनुसार भ्रमण टोलीमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जसपा नेपाल र जनमत पार्टीका नेताहरू छन्।

कांग्रेसबाट सुजाता कोइराला, दिब्यमणि राजभण्डारी, एमालेबाट रघुवीर महासेठ र राजन भट्टराई, माओवादी केन्द्रबाट अग्निप्रसाद सापकोटा, जसपा नेपालबाट भरत गुरुङ र जनमत पार्टीबाट सीके राउत सहभागी रहेका छन्।

प्रकाशित: ६ मंसिर २०८१ १२:५९ | Thursday, November 21, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast