कति छ आज तरकारीको मूल्य?

हिमाल प्रेस १ मंसिर २०८१ ८:५३ | Saturday, November 16, 2024
कति छ आज तरकारीको मूल्य?

काठमाडौँ- फलफूल तथा तरकारी बजार विकास समिति कालिमाटीले आज (शनिबार) कालिमाटी बजारमा किनबेच भइरहेको तरकारी तथा फलफूलहरूको मूल्यसूची सार्वजनिक गरेको छ।

कालिमाटीमा आज कुरिलो, च्याउ, गोलभेँडा, काउली, गाँजर लगायतका तरकारीको मूल्य बढेको छ।

कालिमाटीमा आज पनि सबैभन्दा सस्तो तरकारीका स्कुस छ भने सबैभन्दा महँगो तरकारी कुरिलो छ। स्कुसको मूल्य प्रतिकिलो १७ रुपैयाँ मात्रै छ भने कुरिलोको मूल्य एक हजार ५० रुपैयाँ छ।

कालिमाटीमा आज ठूलो भारतीय गोलभेँडा ९५, सानो लोकल गोलभेँडा ७२, रातो आलु ७५, भारतीय रातो आलु ७२, सेतो आलु ६३, सुकेको भारतीय प्याज ६३, लोकल गाँजर १४५, तराईको गाँजर १२५, तराईको बन्दा ४५, स्थानीय काउली ९५ रुपैयाँ प्रतिकिलो छ।

त्यसैगरी लाम्चो भन्टा ३५, तने बोडी १२५, मकै बोडी ५५, करेला ११०, फर्सी ३५, भिन्डी ८५, स्कुस १७, तोरी र रायोको साग ५५, चम्सुरको साग ११०, कन्य च्याउ २१३, डल्ले च्याउ २७६, कुरिलो १०५०, ब्रोकाउली १४० रुपैयाँ प्रतिकिलो छ। यो सबै औसत मूल्य हो।

कालिमाटीमा हिजो टनेलको गोलभेँडाको मूल्य आज ८९ र सानो लोकल गोलभेँडाको मूल्य आज ५८ रुपैयाँ थियो भने रातो आलु ७५, भारतीय रातो आलु ६५, सुकेको भारतीय प्याज १२२, स्थानीय काउली ९५, तराईको काउली ८५, हरियो फर्सी ३५ रुपैयाँ प्रतिकिलो थियो।

त्यसैगरी स्कुस १७, रायो, तोरी र पालुंगोको साग ५५, कन्य च्याउ २४०, डल्ले च्याउ २७६, कुरिलो १०००, ब्रोकाउली १४५ रुपैयाँ प्रतिकिलो थियो।

प्रकाशित: १ मंसिर २०८१ ८:५३ | Saturday, November 16, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast