एनपीएल : उद्घाटनमा आशिफ शेख र सन्दीप लामिछानेको भिडन्त

हिमाल प्रेस १५ मंसिर २०८१ ७:१३ | Saturday, November 30, 2024
एनपीएल : उद्घाटनमा आशिफ शेख र सन्दीप लामिछानेको भिडन्त

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करण आजबाट काठमाडौँमा सुरु हुँदैछ।

उद्घाटन खेलमा सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर किंग्स र अनिल साहको कप्तानीमा रहेको जनकपुर बोल्ट्स भिड्ने छन्।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल दिउँसो सवा १२ बजेबाट सुरु हुनेछ। न्युजिल्यान्डका चर्चित खेलाडी मार्टिन गप्टिल सम्मिलत विराटनगरले केही समय घरेलु मैदानमा अभ्यास गरेको थियो।

आसिफ शेख मार्की रहेको जनकपुरलाई ललित राजवंशी, किशोर महतो, शुभ कंसकार, तुलबहादुर थापा लगायतका खेलाडीको साथ छ। न्युजिल्यान्डका जिमी नीशम जनकपुरको अर्को बलियो पक्ष हो।

विराटनगरमा टी-२० स्पेसलिस्टका रूपमा परिचित लोकेश बम, प्रतिश जिसी, बसिर अहमद, जितेन्द्र मुखिया छन्। गप्टिलको आमगमनले टोली थप बलियो बनेको छ।

सन्दीप आफैं विश्वस्तरीय स्पिनर रहेकाले खेल प्रतिस्पर्धात्मक हुने अनुमान समर्थकको छ। विराटनगरमा कप्तान लामिछानेसहित लोकेश बम, प्रतिश जीसी, बसिर अहमद, राजेश पुलामी मगर, जितेन्द्रकुमार मुखिया, अनिल खरेल, दिपक बोहरा, सुभाष भण्डारी, नरेन भट्ट र मुनाल गुरुङ छन्।

विदेशी खेलाडीमा ओमानका अकिब इल्यास, न्यूजिल्यान्डका मार्टिन गप्टिल, क्यानडाका निकोलास किर्टन स्कटल्यान्डका क्रिस सोल र अफगानिस्तानका इस्मल आलम छन्। टोलीको प्रशिक्षकमा केभिन ओब्राइन छन् । उक्त खेलको प्रत्यक्ष प्रशारण विश्वका ठूला प्रतियोगिता र लिग प्रशारण हुने ‘स्टार स्पोर्ट्स’ च्यानलमा हुनेछ।

यो खेलका लागि टिकट खुला गरिएको २४ घन्टामै ‘सोल्ड आउट’ भएको थियो। आगामी पुस ६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा आठ फ्रेन्चाइज टोलीको सहभागिता रहेको छ।

प्रकाशित: १५ मंसिर २०८१ ७:१३ | Saturday, November 30, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast