इजिप्टमा डुंगा दुर्घटना, १७ पर्यटक बेपत्ता

हिमाल प्रेस १० मंसिर २०८१ १९:५६ | Monday, November 25, 2024
इजिप्टमा डुंगा दुर्घटना, १७ पर्यटक बेपत्ता

इजिप्ट (रासस/एएफपी)- इजिप्टको रेड सीको तटमा सोमबार एक पर्यटक लिएर यात्रा गरिरहेको डुंगा पल्टिँदा विदेशीसहित १७ जना बेपत्ता भएका छन्।  अन्य २८ जनाको उद्धार गरिएको इजिप्टका अधिकारीहरूले बताएका छन्।

उक्त डुंगामा विभिन्न देशका ३१ जना पर्यटक र १४ जना चालक दलका सदस्य सवार रहेको र स्थानीय समयअनुसार बिहान ५ः३० बजे आपतकालीन संकेत पठाइएको इजिप्टको रेड सी प्रान्तले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

इजिप्टको दक्षिणपूर्वमा रहेको पोर्ट गालिबबाट यात्राका लागि आइतबार ‘द सी स्टोरी’ नामक उक्त डुंगा छुटेको थियो। शुक्रबार २०० किलोमिटर उत्तरमा रहेको हुरघाडा सहरमा पुग्ने कार्यक्रम थियो।

गभर्नर अम्र हानाफीले एक विज्ञप्ति जारी गर्दै केही जीवित व्यक्तिलाई डुंगा र पानी जहाजको मद्दतबाट उद्धार गरिएको र युद्धपोतमार्फत सुरक्षित स्थानमा पुर्‍याएको बताए। नौसेना र सशस्त्र बलको समन्वयमा सघन खोजी कार्य जारी रहेको उनको भनाइ छ।

गम्भीर आर्थिक संकटमा परेको १० करोड ५० लाख जनसङ्ख्या भएको इजिप्टको प्रमुख पर्यटकीय गन्तव्य रेड सी हो। यस क्षेत्रले २० लाख मानिसहरूलाई रोजगार दिन्छ र कुल गार्हस्थ्य उत्पादनको १० प्रतिशतभन्दा बढी योगदान गर्दछ।

प्रकाशित: १० मंसिर २०८१ १९:५६ | Monday, November 25, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast