अखिल क्रान्तिकारीका नेताले थाले आमरण अनशन

हिमाल प्रेस ४ मंसिर २०८१ १२:५४ | Tuesday, November 19, 2024
अखिल क्रान्तिकारीका नेताले थाले आमरण अनशन

काठमाडौँ- नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को नयाँ नेतृत्व चयन गर्न माग गर्दै ४ नेताले आजदेखि आमरण अनशन सुरु गरेका छन्।

माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा मंगलबार बिहान ११ बजेदेखि विद्यार्थी नेताहरु केशव रावल, खकेन्द्र रावल र जनक ढुंगानाले आमरण अनशन सुरु गरेका हुन्।

रावल अखिल क्रान्तिकारीको निवर्तमान केन्द्रीय उपाध्यक्ष तथा कार्यालय प्रमुख हुन् भने खकेन्द्र रावल र जनक ढुंगाना केन्द्रीय सदस्य हुन्।

नेतृत्व चयन नगरी स्थगित भएको अखिल क्रान्तिकारीको बन्दसत्र यही मंसिर २३ गते नै सुरु गर्न र संगठनको नयाँ नेतृत्व चयनको लागि निर्वाचन सुनिश्चित गर्न माग गर्दै आमरण अनशन सुरु गर्न लागिएको उनीहरुको भनाई छ।

गएको असोज १० गतेदेखि काठमाडौँमा सुरु भएको अखिल क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलन नयाँ नेतृत्व चयन नै नगरी स्थगित भएको थियो।

प्रकाशित: ४ मंसिर २०८१ १२:५४ | Tuesday, November 19, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast