पौने दुई क्विन्टल गाँजासहित दुई जना नियन्त्रणमा

हिमाल प्रेस १२ मंसिर २०८१ १९:४३ | Wednesday, November 27, 2024
पौने दुई क्विन्टल गाँजासहित दुई जना नियन्त्रणमा

काठमाडौँ- प्रहरीले बाराबाट पौने दुई क्विन्टल गाँजासहि दुई जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा एक महिला र एक पुरुष रहेका छन्।

बाराको कोल्हवी नगरपालिका–५ सोनाभार टोल बस्ने ५० वर्षीय रमोद चौधरी र सोही स्थान बस्ने दिनदयाल चौधरीकी श्रीमती ५२ वर्षीया ममतादेवी चौधरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

दिनदयालको घरमा लागुऔषध गाँजा लुकाएर राखेको गोप्य सूचनाको आधारमा २१ वटा प्लास्टिकको पोकामा १७० किलो गाँजा बरामद भएको बारा प्रहरीका प्रवक्ता डीएसपी प्रकाश सापकोटाले जानकारी दिए।

पक्राउ परेका दुवै जनामाथि आवश्यक कानुनी कारबाही प्रक्रिया अगाडि बढाएर थप अनुसन्धान भइरहेको सापकोटाले बताए।

प्रकाशित: १२ मंसिर २०८१ १९:४३ | Wednesday, November 27, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast