बारामा हत्यामा संलग्न दुईजना पक्राउ

हिमाल प्रेस १५ कार्तिक २०८१ २०:३६
14
SHARES
बारामा हत्यामा संलग्न दुईजना पक्राउ

काठमाडौँ- प्रहरीले हत्यामा संलग्न रहेको आरोपमा बाराबाट एक जनलाई पक्राउ गरेको छ। महागढीमाई नगरपालिका १ सेमरा तेगछिया नवका टोल बस्ने ५५ वर्षीय भूमि सुधार भनिने श्रीनारायणप्रसाद यादवको हत्यामा संलग्न रहेको आरोपमा तेगछिया बस्ने ६४ वर्षीय सोधाई चौधरी भनिने सोधाई खाँ थारूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी प्रकाश सापकोटाले जानकारी दिए।

थारूलाई घटनालगत्तै प्रहरीले उनको घरबाटै पक्राउ गरेको डीएसपी सापकोटाले बताए। जग्गासम्बन्धी पुरानो रिसिइबी र विवादका कारण थारूले यादवको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

कात्तिक १० गते साँझ करिब साढे सात बजे पसलबाट घर गइरहेका यादवलाई चौधरीले धारिलो हतियारले टाउको पछाडि गर्दनमा प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ।

पक्राउ परेका थारुले आफूले जग्गासम्बन्धी विवादका कारण यादवको हत्या गरेको प्रहरीसमक्ष बयान दिएका छन्। उनकै बयानका आधारमा घटनामा प्रयोग गरिएको धारिलो खुकरी प्रहरीले थारुको घरपछाडि भाडीबाट फेला पारेको छ।

बारा प्रहरीले हत्यासम्बन्धी अर्को एक घटनामा संलग्न भएको आरोपमा एकजनालाई नियन्त्रणमा लिएको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर ३ छपकैया टोल बस्ने २६ वर्षीय बीरेन्द्र साह सोनारको हत्यामा संलग्न आरोपितलाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ९ बस्ने २८ वर्षीय विजयकुमार साह रहेको प्रहरीले जनाएको छ। प्रहरीले साहलाई कलैया उपमहानगरपालिका वडा नम्बर १० मटिअर्वास्थित दसगजा क्षेत्रबाट पक्राउ गरिएको थियो।

प्रहरीले कात्तिक १ गते बीरेन्द्रको शव बाराको प्रसौनी गाउँपालिका वडा नम्बर १ स्थित गण्डक नहरमा बरामद गरेको थियो। वीरेन्द्रको पत्नीसँग सम्बन्धका कारण दुवै जनाबीच विवाद भएको थियो। विवादका कारण आफूले गमछाले पछाडिबाट कसी वीरेन्द्रको हत्या गरेको विजयले स्वीकार गरेको प्रहरीले जनाएको छ।

दुवैजनामाथि कर्तव्य ज्यानसम्बन्धी मुद्दामा अदालतबाट म्याद थपी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १५ कार्तिक २०८१ २०:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast