बढ्यो सेयर बजार

हिमाल प्रेस १३ कार्तिक २०८१ १५:२४
8
SHARES
बढ्यो सेयर बजार सेयर बजार

काठमाडौँ- धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक ४६.६९ अंक बढेर बन्द भएको छ। साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से १.७६ प्रतिशत बढेर २६९२.०५ विन्दुमा बन्द भएको हो।

यस दिन कारोबार रकम पनि वृद्धि भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ। आज ६ अर्ब १२ करोड ८२ लाख रुपैयाँको सेयर कारोबार भएको छ।

सोमबार पाँच अर्ब ३४ करोड ४८ लाख रुपैयाँको सेयर कारोबार भएको थियो। कारोबारमा आएका १३ वटै समूहगत परिसूचक वृद्धि भएको छ। आज परिसूचक सर्वाधिक वृद्धि निर्जीवन बिमा समूहको भएको छ। यो समूहको परिसूचक ३.६० प्रतिशतले वृद्धि भएको छ।

यस दिन २२१ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ भने १७ कम्पनीको सेयर मूल्य घटेको छ। पाँच कम्पनीको सेयर मूल्य भने स्थिर छ।

सप्तकोसी डेभलपमेन्ट बैंक, सानिमा जीआईसी इन्स्योरेन्स र कुथेली बुखरी स्मल हाइड्रोपावर कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको नेप्सेले जनाएको छ।

प्रकाशित: १३ कार्तिक २०८१ १५:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast