एउटा संस्था वा व्यक्तिको प्रयासले मात्र विपद् प्रतिकार्य सम्भव छैन : सशस्त्र प्रहरी प्रमुख अर्याल

हिमाल प्रेस ७ कार्तिक २०८१ १८:३९
8
SHARES
एउटा संस्था वा व्यक्तिको प्रयासले मात्र विपद् प्रतिकार्य सम्भव छैन : सशस्त्र प्रहरी प्रमुख अर्याल

काठमाडौँ- सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले विपद् प्रतिकार्य कुनै एउटा संस्था वा व्यक्तिको प्रयासले मात्र सम्भव नरहेको बताएका छन्।

उनले सरोकारवाला निकायहरूको सक्रिय सहभागिता तथा सम्बन्धित सबैको योगदान भएमा मात्र सफलता प्राप्त हुने बताएका हुन्।

सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारस्थित पृथ्वी हाइवे ट्रमा सेन्टरमा नागढुङ्गा–मुग्लिन सडक खण्डमा अवस्थित अस्पतालहरूमा कार्यरत स्वास्थ्यकर्मीहरूलाई लक्षित गरी सञ्चालन गरिएको तालिम समापन कार्यक्रममा उनले यस्तो बताएका हुन्।

महानिरीक्षक अर्यालले विपद्को समयमा सशस्त्र प्रहरी बल नेपालले राज्यको उपस्थितिलाई सुनिश्चित गर्दै जनताको भरोसाको केन्द्रमा आफूलाई उभ्याउन सफल भएको बताए।

उनले विपद् प्रतिकार्य तथा उद्धारमा खटिएका सशस्त्र प्रहरी कर्मचरीहरूले भूकम्प, बाढीपहिरो, सवारी दुर्घटनालगायतका विपद् जोखिममा परेका हजारौँ नागरिकहरूको जीवन रक्षा गरेको उल्लेख गरे।

‘पोस्ट क्र्यास रेस्पोन्स एन्ड केयर’ अन्तर्गत पाइलट प्रोजेक्टको रूपमा नागढुङ्गा नौबिसे–मुग्लिन सडक खण्डमा हुने दर्घटनाका घाइतेहरूलाई तत्काल उद्धार तथा उपचार सेवा प्रदान गरी जीवन रक्षा गर्ने उद्देश्यअनुरूप नेपाल सरकार भौतिक योजना तथा यातायात मन्त्रालयअन्तर्गतको राष्ट्रिय सडक सुरक्षा परिषद् र सशस्त्र प्रहरी बलबीच माघ २५ गते सम्झौता भएको थियो।

महानिरीक्षक अर्यालले ठाउँ विशेष हेरी नेपालका सबै स्थानहरूमा स्वयंसेवक उत्पादन गरी आमनागरिकहरूमा जनचेतना फैलाउने उद्देश्यका साथ औपचारिक रूपमा विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट नै यही भाद्र १६ गतेदेखि स्वयंसेवक उद्धारक ‘डिजास्टर रेस्पोन्स’ तालिमहरू सञ्चालन गरिएको तथा देशका विभिन्न स्थानहरूमा हालसम्म ५८८ जना भोलिन्टियरहरूलाई तालिम दिइसकिएको बताए।

कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक बंशीराज दाहालले नागढुङ्गा– नौबिसे–मुग्लिन करिडरमा रहेको स्याटेलाइट अस्पतालका स्वास्थ्यकर्मीहरूबाट भविष्यमा हुनसक्ने कुनै पनि विपद् तथा सडक दुर्घटनाको समयमा प्रभावकारी रूपमा परिचालित भई घाइतेहरूको समयमा नै उपचार गरी जीवन रक्षा तथा अङ्गभङ्ग हुनबाट जोगाउन सहयोग पुग्ने विश्वस व्यक्त गरे।

कात्तिक ५ गतेदेखि सञ्चालन भएको तालिममा २६ जना स्वास्थ्यकर्मी सहभागी भएका थिए।

प्रकाशित: ७ कार्तिक २०८१ १८:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 − three =