बाटो खुलेको २५ वर्षपछि कालोपत्र

हिमाल प्रेस ७ कार्तिक २०८१ ७:०७
6
SHARES
बाटो खुलेको २५ वर्षपछि कालोपत्र Oplus_0

म्याग्दी- बेनी नगरपालिका-६ को एक्लेपिपलबाट जम्रेनी क्षेत्रमा बाटो खुलेको २५ वर्षपछि सडक कालोपत्र भएको छ।

बेनी नगरपालिकाले बेनी-पात्लेखेत सडक आयोजनामार्फत एक्लेपिपलबाट जम्रेनी क्षेत्रको सडक कालोपत्र र ढलानसहित स्तरोन्नति गरेको हो। बेनी-६ का वडाध्यक्ष कृष्णसिंह बानियाँका अनुसार यहाँ २०५६ सालमा सडकको सडक निर्माण गरिएको हो।

सडक स्तरोन्नति भएपछि आवतजावत गर्न सहज भएको छ। यो सडक निर्माणका लागि गत आर्थिक वर्ष २०८०/८१ मा एक करोड ३४ लाख ६६ हजार नौ सय २९ रुपैयाँमा निर्माण कम्पनीसँग सम्झौता भएको थियो।

सात सय मिटर प्रिमिक्स प्रविधिको कालोपत्र, एक सय २५ मिटर ढलान, सात सय मिटर पानीका निकाका लागि नाली र छ सय मिटर पर्खाल निर्माण भएको छ। यो सडकले बेनी नगरपालिका-६, ९, १० हुँदै रघुगंगा गाउँपालिका-५, ६ र ८ नम्बर वडालाई जिल्ला सदरमुकामसँग जोडेको छ।

साथै, गण्डकी प्रदेश सरकारको बजेटमा पूर्वाधार विकास कार्यालयले १० करोड १६ लाख एक हजार तीन सय ६४ रुपैयाँको लागतमा बेनी-पाखापानी सडकको भुतेदैला-नेप्टेचौर-तोरीपान खण्डमा चार किलोमिटर सडक स्तरोन्नति गर्ने आयोजना सञ्चालन गरेको छ।

नगरपालिकाले चालु आर्थिक वर्षमा तीन करोड रुपैयाँ बजेट विनियोजन गरेको बेनी-पात्लेखेत सडकको तोरीपानीबाट पात्लेखेततर्फ स्तरोन्नतिको तयारी गरेको नगरप्रमुख सुरत केसीले बताए।

प्रकाशित: ७ कार्तिक २०८१ ७:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × four =