प्रचण्डले डाके प्रतिपक्षी दलहरूको बैठक

हिमाल प्रेस २ कार्तिक २०८१ ९:०४
20
SHARES
प्रचण्डले डाके प्रतिपक्षी दलहरूको बैठक

काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसद्का प्रतिपक्षी दलहरूको बैठक बोलाएका छन्।

प्रचण्डले नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा शुक्रबार ९ बजेका लागि प्रतिपक्षी दलहरूको बैठक बोलाएको उनको सचिवालयले जनाएको छ।

समसामयिक राजनीतिक र बाढीपहिरोपछिको अवस्थाबारे छलफल गर्न बोलाइएको बैठकमा रास्वपा, राप्रपा, एकीकृत समाजवादी, जसपा, नेपाललगायतका दल आमन्त्रित छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × one =