भदौमा उपभोक्ता मुद्रास्फीति चार प्रतिशतले कमी

हिमाल प्रेस २९ असोज २०८१ २०:२५
6
SHARES
भदौमा उपभोक्ता मुद्रास्फीति चार प्रतिशतले कमी नेपाल राष्ट्र बैंक। फाइल तस्बिर।

काठमाडौँ– चालु आर्थिक वर्षको भदौमा उपभोक्ता मुद्रास्फीति ३ दशमलव ८५ प्रतिशत कायम भएको छ। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आवको दोस्रो महिनाको तथ्यांकअनुसार वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीतिमा कमी आएको हो।

अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ८ दशमलव १९ प्रतिशत रहेको थियो। समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५ दशमवलव ०३ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३ दशमलव १९ प्रतिशत रहेको छ।

अघिल्लो वर्ष सोही अवधिमा यी समूहहरूको मुद्रास्फीति क्रमशः ९ दशमलव ७७ प्रतिशत ७ दशमलव १९ प्रतिशतले वृद्धि भएको थियो।

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत दाल तथा गेडागुडी उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक १० दशमलव ८० प्रतिगत, तरकारीको ९ दशमलव ८४ प्रतिशत, खाद्य पदार्थको ९ दशमलव ३० प्रतिशत र फलफूलको ४ दशमलव ९४ प्रतिशतले बढेको छ। मरमसला उप–समूहको वार्षिक विन्दुगत मूल्य सूचकांक २ दशमलव ६९ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ।

त्यसैगरी गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक ८ दशमलव ७१ प्रतिशत, मदिराजन्य पेय पदार्थको ६ दशमलव ७६ प्रतिशत, कपडाजन्य तथा जुत्ताचप्पलको ६ दशमलव ०८ प्रतिशत र घरायसी उपकरणको ४ दशमलव ८८ प्रतिशतले बढेको छ भने बिमा तथा वित्तीय सेवा उप–समूहको वार्षिक विन्दुगत मूल्य सूचकांकमा परिवर्तन भएको छैन।

समीक्षा महिनामा ग्रामीण क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मून्य सूचकांक ४ दशमलव ०४ प्रतिशतले बढेको छ भने सहरी क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक ३ दशमलव ७८ प्रतिशतले बढेको छ।

प्रदेशगत रूपमा समीक्षा महिनामा कोशी प्रदेशको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४ दशमलव ६६ प्रतिशत, मधेश प्रदेशको ३ दशमलव ८२ प्रतिशत, बागमती प्रदेशको ३ दशमलव २९ प्रतिशत, गण्डकी प्रदेशको ३ दशमलव ५० प्रतिशत, लुम्बिनी प्रदेशको ३ दशलव ५३ प्रतिशत, कर्णाली प्रदेशको ३ दशमलव ५६ प्रतिशत र सुदूरपश्चिम प्रदेशको ५ दशमलव ९० प्रतिशत रहेको तथ्यांकले देखाएको छ।

समीक्षा महिनामा काठमाडौँ उपत्यकाको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ३ दशमलव ४९ प्रतिशत, तराईको ४ दशमलव ०९ प्रतिशत, पहाडको ३ दशमलव ६१ प्रतिशत र हिमालको ४ दशमलव १९ प्रतिशत रहेको छ।

गत वर्षको भदौमा उक्त क्षेत्रको यस्तो मुद्रास्फीति क्रमशः ९ दशमलव ८३ प्रतिशत, ७ लशमलव ०३ प्रतिशत, ८ दशमलव ०९ प्रतिशत र ११ दशमलव ३२ प्रतिशत रहेको थियो।

यस वर्षको भदौमा वार्षिक विन्दुगत थोक मुद्रास्फीति २ दशमलव ७५ प्रतिशत रहेको छ। गत वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४ दशमलव ७८ प्रतिशत रहेको थियो। समीक्षा महिनामा उपभोग्य वस्तु मध्यवर्ती वस्तु र पूँजीगत वस्तुको वार्षिक विन्दुगत थोक मुद्रास्फीति क्रमशः १ दशमलव ३९ प्रतिशत ३ दशमलव ५६ प्रतिशत २ दशमलव ७७ प्रतिशत रहेको छ।

समीक्षा महिनामा निर्माण सामग्रीको थोक मुद्रास्फीति ४ दशमलव २२ प्रतिशतले घटेको छ।

प्रकाशित: २९ असोज २०८१ २०:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − fourteen =