शिक्षा विधेयक : ‘मन्त्रीले लोकप्रियता कमाउन शिक्षा समितिलाई आदेश गर्ने अधिकार छैन’

हिमाल प्रेस ११ कार्तिक २०८१ १६:०६ | Sunday, October 27, 2024
शिक्षा विधेयक : ‘मन्त्रीले लोकप्रियता कमाउन शिक्षा समितिलाई आदेश गर्ने अधिकार छैन’

काठमाडौँ- प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति अम्मरबहादुर थापाले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीले सस्तो लोकप्रियताका लागि शिक्षा समितिलाई आदेश गर्ने अधिकार नभएको बताएका छन्। मन्त्रीले आदेश दिँदैमा केही नहुने सभापति थापाले बताए।

उनले निवर्तमान शिक्षामन्त्री सुमना श्रेष्ठभन्दा वर्तमान शिक्षामन्त्री विद्या भट्टराई विधेयक छिट्टै जारी गर्न सकारात्मक र पहल गरिरहेको बताए। एक अन्तर्वार्तामा उनले भने, ‘शिक्षा विधेयक छिट्टै जारी गर्न विद्या भट्टराई धेरै सकारात्मक हुनुहुन्छ। अहिलेसम्म मैले एक दुईवटा शिक्षामन्त्री भोगेँ। मन्त्रीले लोकप्रियता कमाउन शिक्षा समितिलाई आदेश गर्ने अधिकार छैन। ‘छिटो गर् भनेर लेखिदिने, पत्रकारलाई भन्ने’ यो उनीहरूको इथिक्सभित्र पर्दैन।’

थापाले ‘विधेयकलाई तोडमोड गर्न सकिँदैन’ भन्ने सोच सरकार पक्षबाट संशोधन गर्नेहरूबाट रहेको बताए। विधेयकमाथि केही संशोधनकर्ताले शिक्षालाई रुपान्तरण गर्नुपर्छ भने पनि अन्यले शिक्षाको मोडलबारे विधेयकले नै नबोलेको कुरा समितिमा राखेको सभापति थापाले बताए। विधेयकले नबोले पनि संशोधन राख्न सकिने थापाले बताए।

संशोधनकर्ताले विधेयकको शब्दशब्द फेर्नुपर्छ भनेको पनि थापाले बताए।

प्रकाशित: ११ कार्तिक २०८१ १६:०६ | Sunday, October 27, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast