विश्वकप लिग-२ : स्कटल्यान्डमाथि नेपालको जित

हिमाल प्रेस १४ कार्तिक २०८१ ६:४८ | Wednesday, October 30, 2024
विश्वकप लिग-२ : स्कटल्यान्डमाथि नेपालको जित

काठमाडौँ- नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ शृंखलाअन्तर्गत आज सम्पन्न एकदिवसीय खेलमा स्कटल्यान्डलाई पाँच विकेटले पराजित गरेको छ।

अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरी स्टेडियममा टस हारेर पहिलो ब्याटिङ गरेको स्कटल्यान्ड ४१ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै १५४ रनमा समेटियो।

स्कटल्यान्डलाई सस्तैमा समेट्ने क्रममा सन्दीप लामिछानेले तीन विकेट लिए। साथै करन केसी, सोमपाल कामी, गुल्सन झाले २-२ विकेट तथा आरिफ शेखले एक विकेट लिए।

स्कटल्यान्डका लगि मार्क वाटले ३४ रन बनाए भने अन्य ब्याटरले उल्लेखनीय रन बनाउन सकेनन्। स्कटल्यान्डले प्रस्तुत गरेको उक्त लक्ष्य नेपालले २९ दशमलव पाँच ओभरमा पूरा गर्‍यो। नेपालको जितमा आरिफ शेखले ५१ रनको योगदान दिए।

कुशल भुर्तेल र गुल्शन झाले २५-२५ रन बनाए भने आसिफ शेखले २१ रन बनाए। स्कटल्यान्डका लागि ब्राण्डम म्याकुलमले २ विकेट लिए। साथै ब्राड कुरी, मार्क वाट र ज्याक जार्विसले समान १-१ विकेट लिए।

लिग-२ अन्तर्गत त्रिकोणात्मक शृंखलाको पहिलो खेलमा नेपाल अमेरिकासँग तीन विकेटले पराजित भएको थियो। त्यस्तै स्कटल्यान्डले आफ्नो पहिलो खेलमैअमेरिकालाई १० विकेटले पराजित गरेको थियो।

प्रकाशित: १४ कार्तिक २०८१ ६:४८ | Wednesday, October 30, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast