कर्णाली प्रदेशमा यू-१९ क्रिकेट छनोट प्रतियोगिताको उद्घाटन

हिमाल प्रेस ६ कार्तिक २०८१ ११:०५ | Tuesday, October 22, 2024
कर्णाली प्रदेशमा यू-१९ क्रिकेट छनोट प्रतियोगिताको उद्घाटन

सुर्खेत- १९ वर्षमुनीको क्रिकेट छनोट प्रतियोगिता कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर कालिन्चोकको क्रेकेट मैदानमा आजदेखि सुरु भएको छ।

कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले खेल उद्घाटन गर्दै शुभारम्भ गरेका हुन्। उनले उद्घाटनका क्रममा खेल पूर्वाधार निर्माणमा नियमित सक्रिय भइरहेको जानकारी दिए।

खोला किनारमा गरिने खेल अभ्यासले कर्णालीको खेलाडीको चाहना प्रकट गरेको बताउँदै त्यसअनुसार खेल पूर्वाधार बनाउने तर्फ ध्यानआकर्षण भएको बताए। प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव विश्वामित्र सञ्ज्यालले क्रिकेटको विकासका लागि आवश्यक पूर्वाधार निर्माणका लागि तयारी हुने जनाए।

नेपाल क्रिक्रेट संघ कर्णाली प्रदेश अध्यक्ष पदम खड्काले भौतिक पूर्वाधार निर्माणमा सुधार भइरहेको अवस्थालाई जानकारी गराउँदै सरकारलाई धन्यवाद ज्ञापन गरे। खेलकूदको विकास एकल प्रयासबाट सम्भव नहुने भन्दै सबैको सहकार्यका लागि आग्रह गरे। उद्घाटनको पहिलो खेल रुकुम पश्चिम र सुर्खेत बीच हुनेछ।

प्रकाशित: ६ कार्तिक २०८१ ११:०५ | Tuesday, October 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast