महिला अधिकार महासन्धि छायाँ प्रतिवेदनका लागि कर्णालीमा सुझाव संकलन

हिमाल प्रेस ७ कार्तिक २०८१ १८:२२ | Wednesday, October 23, 2024
महिला अधिकार महासन्धि छायाँ प्रतिवेदनका लागि कर्णालीमा सुझाव संकलन

सुर्खेत- महिला अधिकार महासन्धि छायाँ प्रतिवेदन तयारीका लागि प्रदेशस्तरीय छलफल तथा सुझाव संकलन गरिएको छ। महिला कानुन र विकास मञ्चले आयोजना गरेको कार्यक्रममा महिला अधिकार महासन्धि माथि छलफलको आयोजना गरी सुझाव संकलन गरेको हो।

कर्णालीका पूर्वमन्त्री सीता नेपालीले महिला अधिकार प्राप्तिका लािग महिलाहरुले गरेको आन्दोलनको उपलब्धिलाई उपयोग गर्न नसकेको बताइन्। उनले व्यवस्था परिवर्तनमा महिलाहरुको भूमिका र पुरुषहरूको भूमिका समान भए पनि त्यसको उपलब्धि महिलाले भन्दा पुरुषले बढी पाएको जिकिर गरिन्। साथै महिलाहरूले संघर्ष जति गरे पनि उपलब्धि प्राप्त हुन नसकेको उनको भनाइ छ।

महिलाहरूले आर्थिक, सामाजिक, धार्मिक र राजनीतिक रूपमा संघर्ष गरिरहेको र पूर्णरूपमा प्राप्त हुन भने नसकेको पूर्वमन्त्री नेपालीले बताइन्। महिलाको पहुचँका लागि संघर्ष जारी रहेको बताउँदै उनले कर्णाली भौगोलिक हिसाबले ठूलो भए पनि यहाँका महिलाले अझै अधिकार पाउन नसकेको उल्लेख गरिन्।

यस्तै महिला कानुन र विकास मञ्चका कार्यकारी निर्देशक सविन श्रेष्ठले महिलाहरूको संवैधानिक, कानुनी तथा मानव अधिकारको संरक्षण र सम्वर्द्धनका विभेदकारी कानुन संशोधनसम्बन्धी जानकारी दिएका थिए।

प्रकाशित: ७ कार्तिक २०८१ १८:२२ | Wednesday, October 23, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast