बालिकालाई बन्धक बनाई आफ्नै घरमा यौनधन्दा चलाउने महिला पक्राउ

हिमाल प्रेस ५ कार्तिक २०८१ १२:३७ | Monday, October 21, 2024
बालिकालाई बन्धक बनाई आफ्नै घरमा यौनधन्दा चलाउने महिला पक्राउ

काठमाडौँ- काठमाडौँ प्रहरीले बालिकालाई बन्धक बनाई आफ्नै घरमा यौनधन्दा चलाउने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। नुवाकोट तादी गाउँपालिका-३ घर भई हाल काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका-४ मूलपानीमा बस्दै आएकी सीता गोतामे पक्राउ परेकी हुन्।

प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले पक्राउ गरेर उनलाई अदालतबाट म्याद लिएर मानव बेचबिखन तथा ओसारपसारको कसुरमा अनुसन्धान गरिरहेको ब्युरोका प्रवक्ता एसपी गौतम मिश्रले जानकारी दिए। गोतामेले आफ्नो घरमा कामदारको रूपमा राखेकी बालिकामाथि नै यौनधन्दा चलाएको सुराकीको आधारमा प्रहरीले अनुसन्धान गरेको थियो।

बालिकालाई मासिक २० हजार रुपैयाँ दिने भनी काममा लगाएको र घरबाट बाहिर निस्किन नदिई धन्दामा लगाएको प्रहरी अनुसन्धानबाट खुलेको मिश्रले बताए। गोतामेले बालिकालाई वेश्यावृत्तिमा लगाएर एक हजारदेखि तीन हजार रुपैयाँसम्म लिने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। प्रहरीले यसअघि कात्तिक २ गते सोहीघरबाट चारजना बालिकाको पनि उद्धार गरेको थियो।

प्रहरीले गोतामेले आफ्नो घरबाहेक अन्यत्र पनि यसखाले धन्दा गरेको सूचना आएकोले त्यसमाथि अनुसन्धान भइरहेको जनाएको छ।

प्रकाशित: ५ कार्तिक २०८१ १२:३७ | Monday, October 21, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast