बमको धम्कीपछि न्युयोर्कका लागि उडेको एयर इन्डियाको जहाज दिल्ली डाइभर्ट

हिमाल प्रेस २८ असोज २०८१ १०:४६ | Monday, October 14, 2024
बमको धम्कीपछि न्युयोर्कका लागि उडेको एयर इन्डियाको जहाज दिल्ली डाइभर्ट

काठमाडौँ- भारतको मुम्बईबाट न्युयोर्कका लागि उडेको एयर इन्डियाको जहाजमा बम रहेको धम्कीपछि नयाँ दिल्ली डाइभर्ट गरिएको छ।

उडेको केहीबेरपछि जहाजमा बम रहेको धम्की प्राप्त भएपछि जहाजलाई नयाँ दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराइएको हो।

मुम्बईबाट जौन अफ क्यानेडी अन्तर्राष्ट्रिय विमानस्थलका लागि उडेको फ्लाइट नम्बर एआई ११९ मा एक विशेष सुरक्षा अलर्ट प्राप्त भएको एयर इन्डियाले जनाएको छ।

सरकारको सुरक्षा नियामक निकायको निर्देशनअनुसार जहाजलाई नयाँ दिल्ली डाइभर्ट गरिएको एयर इन्डियाले बताएको छ।

जहाजमा सबार सबै यात्रु बिमानबाट ओर्लिएर दिल्ली विमानस्थल टर्मिनलमा रहेको बताउँदै आवश्यक सुरक्षा जाँच भइरहेको एयर इन्डियाले जारी गरेको बयानमा उल्लेख छ।

यसअघि २२ अगस्तमा पनि एयर इन्डियाले यस्तै धम्की पाएको थियो। मुम्बईबाट तिरुवन्तपुरम पुगेको विमानमा बम रहेको धम्की दिइएको थियो।

प्रकाशित: २८ असोज २०८१ १०:४६ | Monday, October 14, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast