‘फेरी रेशम फिलिली’ को पहिलो चरणको छायांकन सकियो

हिमाल प्रेस ११ कार्तिक २०८१ १५:४० | Sunday, October 27, 2024
‘फेरी रेशम फिलिली’ को पहिलो चरणको छायांकन सकियो

काठमाडौँ-  फिल्म ‘फेरी रेशम फिलिली’को पहिलाे चरणको छायांकन सकिएको छ। दसैँ लगत्तै सुरु भएकाे काठमाडौँ र काभ्रेको पाँचखालको छायांकन १२ दिनमा सकिएको हो।

दोस्रो चरणको छायांकन कार्तिक २२ देखि बाराबाट सुरु गरिने निर्माता रौनक विक्रम कँडेलले बताए। फिल्मको केही प्रतिशत छायांकन निर्माता कडेलको गृह जिल्ला चितवनमा पनि गरिनेछ। पहिलो चरणको छायाकंन उत्साहजनक रहेको उनले बताए।

याे २०७२ सालमा प्रदर्शन भएको फिल्म ‘रेशम फिलिली’ को सिक्वेल हो। फिल्मको मुख्य भूमिकामा विनय श्रेष्ठ, सुपुष्पा भट्ट र कामेश्वर चौरासिया छन्। विनय र कामेश्वर अघिल्लो भागका कलाकार हुन् भने सिक्वेलमा सुपुष्पाको थपिएकी छन्।

त्यस्तै सहायक भूमिकामा नीर शाह, लक्ष्मी गिरी, प्रकाश घिमिरे, शिशिर वाङ्गदेल, रविन्द्र झा, महेश त्रिपाठी, काजल कर्ण, एवनराज उप्रेती, मेक्सम गौडेललगायत कलाकारको अभिनय छ।

पहिलो भागकाे निर्देशन प्रणव जोशीले गरेका थिए भने ‘फेरि रेशम फिलिली’ लाई निरोज महर्जनले निर्देशन गरिरहेका छन्। फिल्ममा निरोज महर्जन र आकाश बरालको पटकथा लेखन छ।

चर्चित फिल्म ‘दिमाग खराब’ का निर्माता रौनक विक्रम कँडेलको लगानी गरेको फिल्मको कार्यकारी निर्मातामा सुरज बम ठकुरी र सह-निर्मातामा एनी थापा छन्।

सिनेमा वि मोसन पिक्चर्सको सहकार्यमा निर्माण भइरहेको फिल्ममा सुसन प्रजापतिकाे छायांकन, कालीप्रसाद बास्कोटा, एसडी योगी, हर्क साउद, जयन जे वाइवा र दीपक शर्माको संगीत रहनेछ।

प्रकाशित: ११ कार्तिक २०८१ १५:४० | Sunday, October 27, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast