पौडी खेल्ने क्रममा बेपत्ता बालिका मृत फेला

हिमाल प्रेस २८ असोज २०८१ १८:५६ | Monday, October 14, 2024
पौडी खेल्ने क्रममा बेपत्ता बालिका मृत फेला प्रतीकात्मक तस्बिर।

ताप्लेजुङ– ताप्लेजुङको मैवाखोला गाउँपालिका–२ खानीस्थित मैवाखोलामा पौडी खेल्ने क्रममा बेपत्ता एक बालिका सोमबार मृत फेला परेकी छिन्।

बेपता भएकी १२ वर्षीया आइतरानी शेर्पा आठराई त्रिवेणी गाउँपालिका–४ ओडारेमा मृत भेटिएकी जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रवि रावलले जानकारी दिए।

गत असोज १८ गते पौडी खेल्ने क्रममा शेर्पासँगै स्थानीय ११ वर्षीय सन्देश बराइली पनि बेपत्ता भएका थिए। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २८ असोज २०८१ १८:५६ | Monday, October 14, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast