पोखरामा प्रदर्शनकारीमाथि प्रहरीले हान्यो पानीको फोहोरा

हिमाल प्रेस ४ कार्तिक २०८१ १४:३५ | Sunday, October 20, 2024
पोखरामा प्रदर्शनकारीमाथि प्रहरीले हान्यो पानीको फोहोरा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा पक्राउ गरेर पोखरा लगेपछि पोखरामा प्रदर्शन भइरहेको छ। शुक्रबार लामिछानेलाई प्रहरीले काठमाडौँबाट पोखरा पुर्‍याएको हो। आज उनलाई अदालत पनि उपस्थित गराइसकिएको छ।

कास्की प्रशासनले पोखराका विभिन्न क्षेत्रमा सभा, सम्मेलन तथा भेला हुन निषेध पनि गरेको छ। तर पनि रास्वपाका नेता कार्यकर्ताले लामिछानेको रिहाइको मागसहित प्रदर्शन गरिरहेका छन्। प्रदर्शन उग्र बन्दै गएपछि प्रहरीले दबाउनका लागि पानीको फोहोरा प्रहार गरेको छ।

रविका समर्थकहरूले प्रदर्शन चर्को बनाएका छन्। पोखराको सडकमा समर्थक र प्रहरीको बाक्लो उपस्थिति छ।

हिजो शनिबार पनि रास्वपा शीर्ष नेताहरूसहितले पोखरामा प्रदर्शन गरेका थिए। सूर्यदर्शन सहकारीको बचत ठगी गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले रविलाई पक्राउ गरेको थियो।

सूर्यदर्शन सहकारीका पीडितले पनि प्रदर्शन गरिरहेको छन्। यी दुवै समूहको प्रदर्शनस्थलको दूरी लगभग ५० मिटरको मात्रै छ। आज बिहान केहीबेर दुई पक्षका प्रदर्शनकारीबीच धकेलाधकेल पनि भएको थियो।

प्रहरीले दुवैतर्फका आन्दोलनकारीहरूलाई रोकिरहेको छ। सभापति लामिछानेलाई शुक्रबार प्रहरीले पक्राउ गरेपछि रास्वपा कार्यकर्ताहरू आक्रोशित बनेका छन्।

प्रकाशित: ४ कार्तिक २०८१ १४:३५ | Sunday, October 20, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast