पाकिस्तानमा अज्ञात समूहद्वारा मजदुरहरूमाथि गोली प्रहार, २० जनाको मृत्यु

हिमाल प्रेस २५ असोज २०८१ ११:५३ | Friday, October 11, 2024
पाकिस्तानमा अज्ञात समूहद्वारा मजदुरहरूमाथि गोली प्रहार, २० जनाको मृत्यु प्रतिनिधिमूलक तस्बिर

काठमाडौँ- पाकिस्तानको बलुचिस्तानस्थित ढुक्की जिल्लामा अज्ञात आक्रमणकारीले २० जनाको हत्या गरेको छ। अज्ञात आक्रमणकारीले कोइला खानीमा काम गर्ने मजदुरहरूमाथि आक्रमण गरेको हो।

आक्रमणमा परी सात जना मजदुर घाइते भएका छन्। स्थानीय अधिकारीहरूका अनुसार बिहीबार अबेर राति मजदुरहरूमाथि आक्रमण भएको हो।

मजदुरहरूमाथि ढुक्की सहरभन्दा करिब आठ किलोमिटरको दूरीमा रहेको मुहम्मद नासिर क्षेत्रमा बन्दुकले आक्रमण भएको थियो। अज्ञात बन्दुकधारीको समूह कोइलाखानीमा काम गरिरहेका मजदुरहरूमाथि आक्रमण गरेको अधिकारीहरूको भनाइ छ।

गोली लागेर मृत्यु हुनेमा चार जना अफगानिस्तानका मजदुर रहेको स्थानीय अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ।
मजदुरहरूमाथि भएको यो आक्रमणको जिम्मेवारी हालसम्म कसैले लिएको छैन। यसअघि भने यसखाले घटनाहरूको बलुच लिबरेशन आर्मी (बीएलए) ले जिम्मेवारी लिने गरेको थियो।

प्रकाशित: २५ असोज २०८१ ११:५३ | Friday, October 11, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast