पशुपति धर्मशाला सञ्चालनका लागि काठमाडौँ महानगरले माग्यो प्रशासनसँग सुरक्षा

हिमाल प्रेस २९ असोज २०८१ १५:२३ | Tuesday, October 15, 2024
पशुपति धर्मशाला सञ्चालनका लागि काठमाडौँ महानगरले माग्यो प्रशासनसँग सुरक्षा

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले पशुपति गौशाला धर्मशाला सञ्चालनका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौँसँग शान्ति सुरक्षा माग गरेको छ। महानगरपालिकाले मंगलबार जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गर्दै शान्ति सुरक्षासहित निर्णय कार्यान्वयनमा सहयोगका लागि अनुरोध गरेको हो।

पत्रमा धर्मशालाको व्यवस्थापनको जिम्मेवारी महानगरपालिकाले पाएकाले उक्त सहमति बमोजिम धर्मशाला सञ्चालन तथा व्यवस्थापन गर्न शान्ति सुरक्षा सहित आवश्यक सहयोगका लागि अनुरोध गरिएको छ।

जुन पत्र मंगलबार नै महानगरपालिकाले मारवाडी सेवा समितिले विरोध गरिरहेको गौशाला धर्मशालामा टाँसेको छ। कोषले मारवाडी सेवा समितिबाट खोसेर महानगरपालिकालाई गौशालाको जिम्मेवारी दिएसँगै समितिले विरोध गरिरहेको छ भने महानगरले कुनै पनि हालतमा सहमतिअनुसार काम अघि बढाउने बताइरहेको छ।

आजै कोषले पत्रकार सम्मेलन गरी मारवाडी सेवा समितिले पशुपतिनाथको जग्गामा आँखा लगाइ मोहीयानी दाबी गर्न नमिल्ने बताएको थियो।

यो पनि

क्षेत्र विकास कोषले भन्यो : पशुपतिको जग्गामा मारवाडीले मोही दाबी गर्न मिल्दैन

प्रकाशित: २९ असोज २०८१ १५:२३ | Tuesday, October 15, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast