त्रिवि दीक्षान्तका लागि आवेदन म्याद थप

हिमाल प्रेस ३ कार्तिक २०८१ ६:३० | Saturday, October 19, 2024
त्रिवि दीक्षान्तका लागि आवेदन म्याद थप

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयको ५०औँ दीक्षान्त समारोहका लागि कात्तिक १० गतेभित्र आवेदन दिन सकिने भएको छ। त्रिवि परीक्षा नियन्त्रण कार्यालयले आवेदन म्याद थप गरेको हो।

यसअघि असोज २३ गतेसम्म फाराम भर्ने म्याद भएकोमा अब कात्तिक १० गतेसम्म भर्न सकिने भएको छ।

त्रिवि परीक्षा नियन्त्रण कार्यालयले दसैँ बिदाका कारण केही विद्यार्थीले आवेदन फाराम भर्न नपाएको गुनासो गरेपछि म्याद थप गरिएको बताएको छ।

सेमेस्टर तथा वार्षिक परीक्षा प्रणाली अनुसार स्नातक, स्नातकोत्तर तह तथा एमफिल तह उत्तीर्ण गरी ट्रान्सक्रिप्ट लिएका विद्यार्थीहरूले आवेदन फाराम भर्न सक्नेछन्।

२०८० असार १ गतेदेखि २०८१ जेठ ३२ गतेसम्म ट्रान्सक्रिप्ट लिएका विद्यार्थीहरू र सोही अवधि भित्र विद्यावारिधि तह पूरा गर्नेहरूले दीक्षान्त समारोहमा सहभागी हुन आवेदन दिन सक्नेछन्।

प्रकाशित: ३ कार्तिक २०८१ ६:३० | Saturday, October 19, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast