काठमाडौँ- भारत भ्रमणमा रहेका नेपाली कांग्रेसका महामन्त्री गगन थापा र भारतीय सत्तारुढ दल भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच दिल्लीमा भेटवार्ता भएको छ।
चौथाइवालेले सामाजिक सञ्जाल एक्समा थापासँगको भेटको तस्बिर पोस्ट गरेका छन्। तस्बिरसँगै उनले थापासँग द्विपक्षीय हितका विषयमा सौहार्द कुराकानी भएको बताएका छन्। भाजपा विदेश विभाग प्रमुख नेपाल आइरहने भाजपाका नेतामा पर्छन्। थापा मंगलबार भारत प्रस्थान गरेका थिए। उनी एसियन क्लाइमेट समिटमा सहभागी हुन दिल्ली गएका हुन्।
प्रकाशित: ८ कार्तिक २०८१ १६:३३ | Thursday, October 24, 2024
प्रतिक्रिया




