औषधिको मूल्यबारे छलफल गर्न स्वास्थ्यमन्त्रीले बनाए सुझाव समिति

हिमाल प्रेस ६ कार्तिक २०८१ १७:५९ | Tuesday, October 22, 2024
औषधिको मूल्यबारे छलफल गर्न स्वास्थ्यमन्त्रीले बनाए सुझाव समिति फइल तस्बिर

काठमाडौँ- उपभोक्तालाई उचित मूल्यमा औषधि उपलब्ध गराउन भन्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सुझाव समिति गठन गरेका छन्। मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्री पौडेलले अर्थविद् डा पोषराज पाण्डेको संयोजकत्वमा सात सदस्यीय सुझाव समिति गठन गरेका हुन्।

गठित समितिको सदस्यमा स्वास्थ्यविद् डाक्टर अर्पणा न्यौपाने, स्वास्थ्य अर्थविद् डाक्टर देवीप्रसाद प्रसाईं, मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा सरोज शर्मा र नेपाल मेडिकल काउन्सिलका प्रतिनिधि छन्। औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकाल समितिको सदस्य सचिव छन्।

समितिलाई उपभोक्तालाई उचित मूल्यमा उपलब्ध हुने गरी समायोजनका लागि आवश्यक नीतिगत व्यवस्थाका लागि सुझाव दिन कार्यादेश दिइएको छ। समितिलाई छिमेकी देशहरूले अपनाएका औषधिको मूल्यसम्बन्धी नीति, व्यवस्था र प्रक्रिया अध्ययन गरी उपयुक्त हुने आधारहरू पहिचान गरी गर्नुपर्ने नीतिगत सुधारसम्बन्धी सुझाव दिन पनि भनिएको छ।

मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीका अनुसार समितिले औषधिको मूल्य सम्बन्धित विषयवस्तुबारे अभ्यास पुनरावलोकनसमेत गरेर गुणस्तर पहिचानसमेत गरी सुझाव सिफारिस गर्नेछ।

प्रकाशित: ६ कार्तिक २०८१ १७:५९ | Tuesday, October 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast