इजरायलको चेतावनीपछि लेबनानका नागरिकको भागाभाग

हिमाल प्रेस ७ कार्तिक २०८१ १६:११ | Wednesday, October 23, 2024
इजरायलको चेतावनीपछि लेबनानका नागरिकको भागाभाग फाइल तस्बिर : सिन्हवा

काठमाडौँ- इजरायली सेनाले हजारौँ विस्थापितको वासस्थान रहेको टायर सहर खाली गर्न चेतावनी जारी गरेपछि लेबनानी नागरिकहरू बुधबार त्यहाँबाट भागेका छन्।

टायरका विपद् व्यवस्थापन एकाईका प्रमुख मोर्ताडा महन्नाले अवस्था निकै खराब भएकाले तीव्र गतिमा मानिसहरूलाई सुरक्षित स्थानतर्फ स्थानान्तरण गरिएको बताएका छन्।

व्यवस्थापन एकाईका मिडिया अधिकारी बिलाल काशमारले धेरै जना सहरबाट भागेर उपनगरतिर गएको बताएका छन्। उनका अनुसार हाल सम्पूर्ण टायर सहर खाली भएको छ।

इजरायली धम्की र निकासी आदेशका कारण त्यहाँका नागरिकहरू ज्यान जोगाउन आफ्नो घर छोड्न थालेको लेबनानका अधिकारिक राष्ट्रिय समाचार एजेन्जीले जनाएको छ।

इजरायली सेनाले लेबनानी लडाकु समूह हिज्बुल्लाहलाई लक्षित गरी सैन्य कारबाही गर्नुअघि टायरका बासिन्दाहरूलाई उक्त स्थान छोड्न आवह्वान गरेपछि मानिसहरू तत्कालै भाग्न थालेका छन्।

इजरायली सेनाका अरबी भाषाका प्रवक्ता अविचाय अद्राईले सामाजिक सञ्जाल एक्समा टायरको प्रभावित क्षेत्रको नक्सासहितको फोटो पोस्ट गर्दै स्थानीयहरूलाई तत्काल सहर छोड्न आह्वान गरेका छन्।–रासस

प्रकाशित: ७ कार्तिक २०८१ १६:११ | Wednesday, October 23, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast