आईसीसी विश्वकप लिग २ : नेपालको अमेरिकाविरुद्धको पहिलो खेल आज

हिमाल प्रेस ११ कार्तिक २०८१ ६:५२ | Sunday, October 27, 2024
आईसीसी विश्वकप लिग २ : नेपालको अमेरिकाविरुद्धको पहिलो खेल आज

काठमाडौँ- आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपालले पहिलो खेल आइतबार राति घरेलु टोली अमेरिकासँग खेल्दैछ। खेल राति सवा ९ बजे सुरु हुने छ।

लिगका लागि नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीप लामिछानेलाई समेत समावेश गरेर १५ सदस्यीय टोली घोषणा गरेको छ।नेपालले दोस्रो खेल मंगलबार स्कटल्यान्डसँग खेल्नेछ। नेपालले दुवै टोलीसँग दुईदुई खेल खेल्ने छ।

नेपाल आईसीसी विश्वकप लिग २ को अंकतालिकामा सातौँ स्थानमा छ। नेपालले हालसम्म खेलेका आठ खेलमा एउटामा जित तथा ६ मा हारका साथ तीन अंक जोडेको छ।

एउटा खेल वर्षाका कारण हुनसकेको थिएन। अमेरिका हालसम्म खेलेका नौ खेलमध्ये ६ मा जित र तीनमा हारका साथ १२ अंक जोड्दै दोस्रो स्थानमा छ।

स्कटल्यान्डले भने हालसम्म आठ खेल खेलेको छ। स्कटल्यान्ड पाँच खेलमा जित तथा दुईमा हार बेहोर्दै अंकतालिकामा चौथो स्थानमा छ।

आईसीसी विश्वकप लिग २ मा नेपालसहित क्यानडा, अमेरिका, नेदरल्यान्ड्स, स्कटल्यान्ड, नामिबिया, ओमान र युनाइटेड अरब इमिरेट्स (यूएई) सम्मिलित छन्।

प्रकाशित: ११ कार्तिक २०८१ ६:५२ | Sunday, October 27, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast