अमेरिका ‘ए’सँग नेपाली राष्ट्रिय टोलीको लज्जास्पद हार

हिमाल प्रेस ७ कार्तिक २०८१ ७:३९ | Wednesday, October 23, 2024
अमेरिका ‘ए’सँग नेपाली राष्ट्रिय टोलीको लज्जास्पद हार

काठमाडौँ- अमेरिकाको दोस्रो तहको क्रिकेट टोलीसँग नेपाली राष्ट्रिय टोलीसँग लज्जास्पद पराजित बनेको छ। मंगलबार राति भएको पहिलो अभ्यास खेलमा अमेरिका ‘ए’सँग नेपाल चार विकेटले पराजित भएको हो।

५० ओभरको खेलमा नेपालले १०० रन पनि पुर्‍याउन सकेन। नेपालले २५.३ ओभरमा सबै विकेट गुमाउँदै ८० रन बनाएको थियो। ८१ रनको सामान्य लक्ष्य अमेरिकाले २३.१ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्‍यो।

नेपालका कुशल मल्लले १८, देव खनालले १२ र भीम सार्कीले १० रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बटुल्न सकेनन्। अर्जुन साउद पाँच, अनिलकुमार साह शून्य, कुशल भुर्तेल दुई, रोहितकुमार पौडेल आठ, दीपेन्द्रसिंह ऐरी पाँच, आरिफ शेख दुई र सन्दीप लामिछाने सात रनमा पभिलियन फर्किए।

करण केसी सात रनमा अविजित रहे।

प्रकाशित: ७ कार्तिक २०८१ ७:३९ | Wednesday, October 23, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast