लुम्बिनीमा थपिए तीन मन्त्री, सरकारले भने अझै पाएन पूर्णता

हिमाल प्रेस ७ कार्तिक २०८१ १९:२५ | Wednesday, October 23, 2024
लुम्बिनीमा थपिए तीन मन्त्री, सरकारले भने अझै पाएन पूर्णता

लुम्बिनी- लुम्बिनी प्रदेशमा तीन जना मन्त्री थप भएका छन्। मुख्यमन्त्री चेतनारायण आचार्यले बुधबार कांग्रेसका दुई र जसपाका एक मन्त्री थप गरी मन्त्रिपरिषद् विस्तार गरेका हुन्।

मुख्यमन्त्री आचार्यले बर्दियाबाट निर्वाचित कांग्रेसका जन्मजय तिमिल्सिनालाई सामाजिक विकासमन्त्री, पश्चिम नवलपरासीका देवकरण कलवारलाई वन तथा वातावरणमन्त्री बनाएका छन्।

त्यस्तै अशोक राई नेतृत्वको जसपाबाट रूपन्देहीका आदेशकुमार अग्रवाललाई आन्तरिक मामिला तथा कानुनमन्त्री बनाएका छन्। सरकारमा सहभागी हुने लोसपा र नागरिक उन्मुक्तिमध्येबाट एक जना मन्त्री बन्ने भए पनि कुन पार्टीबाट पहिला भन्ने टुंगो नलाग्दा मन्त्रिपरिषद् अझै अधुरो छ।

आचार्यले तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गरे पनि मन्त्रिमण्डललाई भने पूर्णता दिन सकेनन्। लुम्बिनी प्रदेशका १२ मन्त्रालयमध्ये युवा तथा खेलकुद मन्त्रालय खाली छ।

१२ मन्त्रालयमध्ये एमालेले मुख्यमन्त्रीसहित पाँच, कांग्रेसले आर्थिक मामिला तथा योजना मन्त्रालयसहित पाँच र सरकारलाई समर्थन गरेका चार साना दलमध्येबाट पहिलो चरणमा दुई दललाई सरकारमा सहभागी गराउने सहमति भएको थियो।

बुधबार थप भएका मन्त्रीहरूकाे बिहीबार बिहान ८ बजे शपथ गराउने तयारी गरिएकाे छ।

प्रकाशित: ७ कार्तिक २०८१ १९:२५ | Wednesday, October 23, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast