कति छ आज डलरको भाउ?

हिमाल प्रेस ६ असोज २०८१ ६:१३
4
SHARES
कति छ आज डलरको भाउ?

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राहरूको विनिमय दर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर, साउदी र कतारी रियाल, कुबेती र बहराइन दिनार, युरो, पाउन्ड, अस्ट्रेलियन डलरसहित सबैजसो विदेशी मुद्राको मूल्य घटबढ् भएको छैन।

अर्थात् हिजो जुन मूल्यमा कारोबार भएको थियो, आज पनि सबै विदेशी मुद्राको कारोबार सोही मूल्यमा हुनेछ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी मुद्राहरूको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ४१ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ०१ पैसा छ।

त्यसैगरी आजको लागि यूरो एकको खरिददर एकसय ४८ रुपैयाँ ८७ पैसा र बिक्रीदर एक सय ४९ रुपैयाँ ५४ पैसा कायम भएको छ।

आज पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७७ रुपैयाँ ३२ पैसा र बिक्रीदर एक सय ७८ रुपैयाँ १२ पैसा निर्धारण भएको छ। आज अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ७८ पैसा र बिक्रीदर ९१ रुपैयाँ १९ पैसा निर्धारण भएको छ।

राष्ट्र बैंकका अनुसार आजको लागि साउदी रियाल एकको खरिददर ३५ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३५ रुपैयाँ ७१ पैसा कायम भएको छ। त्यसैगरी कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७६ पैसा कायम भएको छ।

आज यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४९ पैसा कायम भएको छ। त्यसैगरी कुबेती दिनार एकको खरिददर चार सय ३७ रुपैयाँ २० पैसा र बिक्रीदर चार सय ३९ रुपैयाँ १७ पैसा कायम भएको छ।

आज बहराइन दिनार एकको खरिददर तीन सय ५४ रुपैयाँ ०१ पैसा र बिक्रीदर तीन सय ५५ रुपैयाँ ६१ पैसा कायम भएको छ।

प्रकाशित: ६ असोज २०८१ ६:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 4 =