वीरगञ्ज महानगरमा खानेपानीको पहुँच विस्तार गरिने

हिमाल प्रेस ४ असोज २०८१ २१:४१
8
SHARES
वीरगञ्ज महानगरमा खानेपानीको पहुँच विस्तार गरिने

वीरगञ्ज- वीरगञ्ज महानगरभित्र गुरुयोजना बनाएर खानेपानीको पहुँच विस्तार गरिने भएको छ। वीरगञ्ज महानगरपालिका, नेपाल खानेपानी संस्थान र युनिसेफको संयुक्त सहकार्यमा खानेपानी तथा सरसफाइ कार्यको गुरुयोजना तयार गरेर महानगरका ३२ वटै वडामा सुरक्षित र स्वच्छ खानेपानीको पहुँच पुर्‍याइने तयारी गरिएको हो।

महानगरपालिकाका प्रमुख राजेशमान सिंहको संयोजनमा आज (शुक्रबार) बसेको बैठमा गुरुयोजना बनाएर खानेपानीको वितरण गर्ने र सरसफाइलाई विशेष प्राथमिकताका साथ अगाडि बढाउने विषयमा छलफल भएको छ। प्रमुख सिंहले महानगरवासीलाई दीर्घकालीनरूपमा स्वच्छ र सुरक्षित खानेपानी उपलब्ध गराउन गुरुयोजना बनाएर कार्यान्वयनमा लैजाने विषयमा छलफल भएको बताए।

‘सुरक्षित र स्वच्छ खानेपानीको पहुँच सुनिश्चित गर्नु हाम्रो मुख्य प्राथमिकता हो। सुरक्षित खानेपानीको परीक्षणका लागि युनिसेफले ल्याब स्थापना गर्ने भएको छ,’ उनले भने।

प्रकाशित: ४ असोज २०८१ २१:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 18 =