रसुवाको उत्तरगया गाउँपालिकाले २० बर्षे रणनीतिक गुरुयोजना बनाउँदै

हिमाल प्रेस ९ चैत २०७९ २०:५१
12
SHARES
रसुवाको उत्तरगया गाउँपालिकाले २० बर्षे रणनीतिक गुरुयोजना बनाउँदै

काठमाडौँ- रसुवाको उत्तरगया गाउँपालिकाले २० बर्षे रणनीतिक गुरुयोजना बनाउने भएको छ। गाउँपालिकाको समग्र आर्थिक, सामाजिक र वातावरणीय पक्षलाई समेटेर आगामी २० वर्षका लागि रणनीतिक गुरुयोजना बनाउने भएको हो। उक्त रणनीतिक गुरुयोजनालाई पूर्वसचिव डा. मानबहादुर विक संयोजकत्वको टोलीले सहजीकरण गर्नेछ।

गाउँपालिकाले जनप्रतिनिधि र कर्मचारीहरूलाई खटाएर दुई महिनाभित्रै पालिकाको सबै वस्तुस्थितिबारे सुक्ष्मविश्लेषण गरी प्रतिवेदन तयार गरी आगामी ३० जेठसम्म पालिकालाई हस्तान्तरण गर्ने छ।

त्यसको पूर्वतयारीस्वरुप विज्ञ तथा सरोकारवाला समेटेर मंगलबार र बुधबार पालिकाले दुई दिने गोष्ठी गरेको छ। गोष्टीमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. पुष्प कँडेल, वित्त आयोगका अध्यक्ष डा. बालानन्द पौडेल, पूर्वसचिव मानबहादुर विक, इञ्जिनियर कपिल आचार्यलगायतले २० बर्षे रणनीतिका लागि सुझाव दिएका छन्।

सो कार्यक्रममा प्रतिनिधिसभामा रसुवाबाट निर्वाचित सांसद मोहन आचार्यको पनि उपस्थिति थियो। पालिका अध्यक्ष माधव अर्यालले अहिलेसम्म सिकेको ज्ञान प्रयोग गरी उत्तरगयालाई समृद्ध बनाउन लागिपरेको बताए।

त्यस्तै रसुवाका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले जिल्लाकै नमूना कार्यक्रम उत्तरगयाले सुरु गरेको बताए। यसको अनुशरण अन्य पालिकाले पनि गर्नुपर्ने उनले बताए।

त्यस्तै माओवादी केन्द्रका नेता मेघनाथ घिमिरेले पालिकाले अगाडि सारेको २० बर्षे रणनीतिक योजनालाई आफू र आफ्नो पार्टीले खुल्ला दिलले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

एमालेका नेता तथा वडा अध्यक्ष डिल्ली सुवेदीले रसुवाकै नमुना कार्यक्रम कागजमा मात्र सीमित नभएर खरो कार्यान्वन हुने अपेक्षा व्यक्त गरे।

काँग्रेसका जनकजीवन उपाध्यायले देशभरकै ७५३ पालिकामध्ये उत्तरगयाले नवीन सोचका साथ कार्यक्रम अगाडि सारेकोले त्यसलाई पूरा गराउन आफ्नो सहयोग रहने बताए।

पालिका अध्यक्ष अर्यालले समृद्ध मुलुक निर्माण गर्न दिगो विकास लक्ष्यलाई स्थानीय स्तरमै लागू गर्ने नीति अनुसार गुरुयोजना निर्माणमा लागेको बताए।

प्रकाशित: ९ चैत २०७९ २०:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 3 =