‘युवा पलायनका कारण अर्थतन्त्रमा सङ्कुचन आएको हो’

हिमाल प्रेस ४ असोज २०८१ १७:३५
8
SHARES
‘युवा पलायनका कारण अर्थतन्त्रमा सङ्कुचन आएको हो’

हेटौँडा- बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले युवा विदेश पलायनको दरसँगै अर्थतन्त्रमा पनि सङ्कुचन आएको बताएका छन्। उनले युवाहरू पलायनका कारण अर्थतन्त्र कमजोर बनेको उनले बताए।

शुक्रबारबाट काभ्रेको बनेपामा भएको ‘बनेपा महोत्सव–२०८१’ उद्घाटन गर्दै मन्त्री काफ्लेले ठुलो जनसङ्ख्या विदेशमा रहेका कारण मुलुकमा सबै क्षेत्र ‘घाटामा’ रहेको बताए। उनका अनुसार व्यवसायको सुरक्षा राज्यको दायित्व लिने बताए। राज्यलाई व्यवसायीले पनि कर तिरेर सहयोग गरिरहेको उनको भनाइ छ।

स्थानीय उत्पादन संरक्षण र प्रवर्द्धन गर्नु सरकारको दायित्व भएको भन्दै उनले बताए। उनले मेला, महोत्सवले स्थानीय उत्पादनलाई जोड दिनुपर्ने उनको भनाइ छ। मेला महोत्सवले आन्तरिक पर्यटनलाई आकर्षित गर्ने, कृषि, धार्मिक, सांस्कृतिक, औद्योगिक, हस्तकला प्रवर्द्धन गर्ने, कला, संस्कृति, घरेलु उद्योग र व्यापारिक प्रवर्द्धन गर्ने उनले बताए।

प्रकाशित: ४ असोज २०८१ १७:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 6 =