प्रस्तावित प्रधानन्यायाधीश राउतविरुद्ध उजुरी आह्वान

हिमाल प्रेस ३ असोज २०८१ १४:०८
8
SHARES
प्रस्तावित प्रधानन्यायाधीश राउतविरुद्ध उजुरी आह्वान प्रकाशमानसिंह राउत

काठमाडौँ- संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा सिफारिस प्रकाशमान सिंह राउत र दुई देशका प्रस्तावित राजदूतउपर सार्वजनिक उजुरी आह्वान गरेको छ।

बिहीबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रधानन्यायाधीशमा सिफारिस प्रकाशमानसिंह राउत तथा अस्ट्रेलियाका लागि प्रस्तावित राजदूत चित्रलेखा यादव र बेल्जियमका लागि प्रस्तावित राजदूत सेवा लम्सालउपर सार्वजनिक उजुरी आह्वान गर्ने गर्ने निर्णय गरेको हो।

समिति बैठकमा समिति सभापति ईश्वरीदेवी न्यौपानेले सरकारी सञ्चारमाध्यम र विद्युतीय सञ्चार माध्यममार्फत उजुरी आह्वान गर्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन्। उक्त प्रस्ताव पारित भएसँगै उनले सूचना सार्वजनिक गर्न समिति सचिवालयलाई निर्देशन दिएकी छन्।

प्रकाशित: ३ असोज २०८१ १४:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 1 =