विश्वकप लिग २ : आज ओमानसँग खेल्दै नेपाल

हिमाल प्रेस २ असोज २०८१ ८:५३
16
SHARES
विश्वकप लिग २ : आज ओमानसँग खेल्दै नेपाल

काठमाडौँ- आईसीसी विश्वकप लिग-२ का लागि क्यानडा भ्रमण रहेको नेपाली टोलीले आज ओमानसँग खेल्दैछ। खेल नेपाली समयअनुसार किंग सिटी मैदानमा आज राति पौने ९ बजेदेखि सुरु हुनेछ।

त्रिकोणात्मक ओडीआई सिरिजअन्तर्गत पहिलो खेलमा नेपाल आयोजक क्यानडासँग फराकिलो अन्तरले पराजित भएको थियो। नेपालले लिग २ को सुरुआत नै कमजोर प्रदर्शनबाट गरेको हो। ७ महिनाअघि घरेलु मैदानमा भएको त्रिकोणात्मक सिरिजमा नेपालले ३ खेलमा हार बेहोरेको थियो। नामिबियासँग २ र नेदरल्याण्ड्ससँग एक खेलमा पराजित भएको थियो ।

क्यानडा भ्रमणका क्रममा पनि नेपालले हारको शृङखला दोहोर्‍याएको छ, जुन जित्न आवश्यक थियो । नेपाल शीर्ष स्थानमा रहँदै नम्बर वान एशोसिएट राष्ट बन्न देशबाहिरका खेल जित्न जरुरी छ ।

नेपाल लिग २ का पाँच खेलमध्ये ४ मा पराजित हुँदा २ अंकका साथ सातौं स्थानमा छ। आजको प्रतिस्पर्धी ओमान चार खेलबाट ३ अंक जोडेर नेपालभन्दा एक स्थान माथि छ । पछिल्ला पाँच खेलमा नेपाल ३ र ओमान २ खेलमा विजयी भएका छन् ।

प्रकाशित: २ असोज २०८१ ८:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × one =