डेडिकेटेड र ट्रंकलाइन प्रयोग बापतको शुल्क तत्काल उठाउनुपर्ने माग गर्दै रिट

हिमाल प्रेस २५ भदौ २०८१ १९:५३
8
SHARES
डेडिकेटेड र ट्रंकलाइन प्रयोग बापतको शुल्क तत्काल उठाउनुपर्ने माग गर्दै रिट

काठमाडौँ- उच्च अदालत पाटनमा ‘डेडिकेटेड’ तथा ट्र‌ंक लाइन प्रयोग गरेबापतको शुल्क तत्काल उठाउनुपर्ने माग गर्दै रिट निवेदन दायर गरिएको छ।

अधिवक्ताहरू यज्ञमणि न्यौपाने, कमलप्रसाद पोखरेल, टीकाप्रसाद ढकाल र दीपक अधिकारी आज (मंगलबार) दायर गरेको रिट निवेदनमा डेडिकेटेड तथा ट्रंक लाइन प्रयोग गरेबापतको शुल्क तत्काल उठाउनुपर्ने माग गरिएको छ।

रिट निवेदनमा डेडिकेटेड तथा ट्रंक लाइन प्रयोग गरेका उद्योग व्यवसायी, संस्था तथा व्यक्तिबाट ट्रंक लाइन र डेडिकेटेड फिडर प्रयोग गरेबापतको कानुनबमोजिम बुझाउनुपर्ने भए पनि नेपाल विद्युत् प्राधिकरणको बक्यौता रकम नबुझाउने गरी मन्त्रिपरिषद्लगायत अन्यबाट भएका गैरकानुनी निर्णय, आदेश, पत्र, पुर्जीलगायत जो–जे छन् सबै बदर हुनुपर्ने माग गरिएको छ।

नेपाल विद्युत् प्राधिकरणको बक्यौता रकम असुलउपर गर्नु गराउनु तथा असुलउपर गर्ने गराउने कार्यमा अवरोध नगर्नू, नरोक्नू, रोक्न नलगाउनू भनी परमादेशको आदेश माग रिट निवेदनमा गरिएको छ। साथै कानुनबमोजिमको बक्यौता रकम नतिर्ने तथा तिर्न ढिलाइ गर्ने विपक्षीलाई कानुनबमोजिम कारबाही गर भनी परमादेशको आदेशसमेत माग गरिएको छ।

प्रकाशित: २५ भदौ २०८१ १९:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast