लामाचौर कपमा नेपाल पुलिस च्याम्पियन

हिमाल प्रेस २२ भदौ २०८१ १६:३९
10
SHARES
लामाचौर कपमा नेपाल पुलिस च्याम्पियन

पोखरा– लामाचौर कप पुरुष राष्ट्रिय भलिबल प्रतियोगितामा विभागीय नेपाल पुलिस क्लबले उपाधि जितेको छ। शनिबार फाइनलमा अर्को विभागीय एपिएफ क्लबलाई ३–२ सेटमा हराउँदै उपाधिसहित १ लाख ५० हजार र शिल्ड जितेको हो। उपविजेताले १ लाख प्राप्त गरेको छ।

अघिल्लो दिन एक एक सेट बराबरी खेल्दा लाइट प्रोटेस्टका कारण यी दुवै टिम शनिबार फेरि फाइनल भिडेका थिए। पहिलो सेट पुलिसले २५–१६ मा जित्दा दोस्रो सेट भने गुमाएको थियो। दोस्रो सेट एफिएफले २५–२१ ले जितेर बराबरीमा फर्किएको थियो।

तेस्रो सेट भने पुलिसले फेरि आफ्नो पक्षमा पा¥यो। अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा पुलिसले २५–१९ मा जितेको हो। चौंथो सेट एपिएफले २५–२२ मा जितेर बराबरी खेल्यो। र, अन्तिम सेटमा भने पुलिसले एफिएपलाई १६–१४ मा रोक्दै उपाधिमाथि कब्जा जमाएको हो। पुलिस गत वर्षको उपविजेता हो।

नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा एक दशकदेखि महिलातर्फ भलिबल प्रतियोगिता भएकोमा ३ वर्षयता मात्र पुरुषतर्पm पनि खेल हुन थालेको हो। पहिलो संस्करणमा घरेलु टिम गण्डकी र नेपाल पुलिसले वर्षाका कारण खेल बिथोलिँदा उपाधि बाँडेका थिए। दोस्रो संस्करणमा भने गण्डकीले पुलिसलाई हराउँदै उपाधि जितेको थियो।

यसपालि ४ टिमले भाग लिएको प्रतियोगितामा ट्राभल इन्क्वाइरी गलकोट तेस्रो हुँदै ५० हजार पुरस्कार जितेको छ। साविक विजेता गण्डकी प्रदेश भने पुछारमा रह्यो।सर्वोत्कृष्ट खेलाडी पुलिसका सञ्जुविक्रम शाह घोषित भए। पुलिसकै बलराम गुरुङ उत्कृष्ट सेटर, भीम गाहा डिफेन्डर, सफल विक ब्लकर भए। उत्कृष्ट सर्भर एपिएफका हेमन्त मल्ल र स्पाइकर एपिएफका विजय थापा घोषित भए। उत्कृष्ट प्रशिक्षक पुलिसका चन्द्र कुँवर घोषित भए। सबैले पाँच–पाँच हजार रुपैयाँसहित ट्रफी र मेडल हात पारे।

यसैबीच, महिलातर्फ विभागीय एपीएफ क्लब विजयी भएको छ। शुक्रबार फाइनलमा न्यू डायमण्ड भलिबल टिमलाई ३–१ सेटमा हराउँदै एपीएफले उपाधिसहित १ लाख ५० पुरस्कार प्राप्त गरेको हो। डायमण्डले १ लाख प्राप्त गरेको छ। महिलातर्फ एभरेष्ट भलिबल क्लब तेस्रो र गण्डकी चौथो भए। महिलामा एपिएफकी जस्ना महतो बेस्ट सेटर, कविता भट्ट सर्भर, यमुना बराइली डिफेन्डर बने। डायमण्डकी सुमित्रा रेग्मी ब्लकर र सलिना बुढामगर स्पाइकर घोषित भए। एपिएफकी पूजा चौधरीले मस्ट भ्यालुयबल प्लेयरको उपाधि चुमिन्।

संस्थाले आयोजना गरेको २६ औं तीज महोत्सव निकै सफल रुपमा सम्पन्न भएको प्रचार संयोजक दिनेश भण्डारीले बताए।

प्रकाशित: २२ भदौ २०८१ १६:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 1 =