कानुन समितिबाट पारित भयो विधायन व्यवस्थापनसम्बन्धी विधेयक

हिमाल प्रेस १९ भदौ २०८१ १८:५३
32
SHARES
कानुन समितिबाट पारित भयो विधायन व्यवस्थापनसम्बन्धी विधेयक

काठमाडौँ- प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिले विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० पारित गरेको छ। सिंहदरबारस्थित समितिको कक्षमा आज (बुधबार) उक्त विधेयकमाथि दफाबार छलफल गरी समितिले संशोधन प्रतिवेदनसहित पारित गरेको हो।

‘विधेयकलाई व्यवस्थित गर्न यो ऐन बनेको हो, यसअघि विधेयक व्यवस्थित गर्न ऐन बनेको थिएन,’ समितिका सभापति विमला सुवेदीले भनिन्, ‘ऐन बनाउने प्रक्रियालाई व्यवस्थित गर्न जरुरी थियो, प्रत्यायोजित गरिएका विधेयक किन चाहियो भन्ने बारेमा पनि यसले व्यवस्थित गर्छ।’ उनले पहिलो पटक ऐनलाई व्यवस्थित गर्न विधायन व्यवस्थापनसम्बन्धी कानुन बनाइएको हो।

उक्त विधेयक राष्ट्रियसभामा उत्पति भएर राष्ट्रियसभाले पारित गरी प्रतिनिधिसभामा पठाएको थियो। प्रतिनिधिसभाले थप अध्ययनका लागि लागि समितिमा पठाएको थियो।

समितिका सभापति सुवेदीका अनुसार भदौ २४ गतेको प्रतिनिधिसभा बैठकमा समितिले पेस गर्ने कार्यक्रम छ। यही अधिवेशनमा प्रतिनिधिसभाबाट पारित भएर राष्ट्रियसभामा गएर अनुमोदन गरेपछि ऐन प्रमाणीकरणका लागि जानेछ।

उक्त विधेयकमाथि समितिका १७ जना सांसदहरूले संशोधन हालेका थिए। समितिमा विधेयकमाथि सामान्य सैद्धान्तिक छलफल भएपछि तीन वटा बैठक संशोधनको विषयमा छलफल भएको थियो।

प्रकाशित: १९ भदौ २०८१ १८:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 2 =