कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार ‘अद्वैत’ उपन्यासलाई

हिमाल प्रेस १९ भदौ २०८१ ११:०३
10
SHARES
कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार ‘अद्वैत’ उपन्यासलाई

काठमाडौँ- २०८० को  ‘कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार’ कृष्ण गौतमको उपन्यास ‘अद्वैत’ लाई प्रदान गर्ने निर्णय गरिएको छ। कविडाँडा साहित्य समाज, चितवनले प्रत्येक वर्ष प्रकाशित नेपाली आख्यान कृतिमध्येबाट एक कृतिलाई उक्त पुरस्कार प्रदान गर्दै आएको छ।

कृतिले पूर्वीय सभ्यताले प्रतिपादन गरेको अद्वैत सिद्धान्तलाई विभाजित विश्वलाई जोड्ने कडीको रूपमा पनि पहिचान गरेको समाजले जनाएको छ। समाजले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘निर्णायक मण्डलको मतअनुसार यस कृतिले अनेक मत र विश्वासमा विभक्त मानव समाज क्रमिक रूपले विग्रहतिर उन्मुख हुँदै गएको आजको सन्दर्भमा मनवाताको सार मूलतः एक रहेको, विश्वास, मत र पन्थहरूको पनि मूल एक रहेको तर्क गर्दे मानव समाजमा समभाव, परानुभूति र ऐक्य स्थापना गर्ने सार्थक प्रयास गरेको छ, र यस प्रयासलाई अति परिस्कृत र बोधगम्य भाषा र ढाँचामा प्रस्तुत गरेको छ।’

पुरस्कारको राशि १ लाख २५ हजार रुपैयाँ र कदरपत्र रहेको छ। पुरस्कार २०८१ को तिहारपछि उपयुक्त मिति तथा स्थानमा अर्पण गरिने समाजले जनाएको छ। उक्त उपन्यास शिखा बुक्सले प्रकाशन गरेको हो।

पूर्वीय तथा पाश्चात्य दर्शन र साहित्यिक सिद्धान्तको गहन अध्येता गौतम प्रखर समालोचक हुन्। उनले समालोचनामा उत्तरआधुनिकतावादलाई नेपाली परिप्रेक्ष्यमा सरल ढंगले व्याख्या गरेका छन्। त्रिविबाट अवकाश प्राप्त गौतमका समालोचनात्मक र आख्यानात्मक गरी एक दर्जनभन्दा बढी पुस्तक प्रकाशित छन्।

प्रकाशित: १९ भदौ २०८१ ११:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 7 =