पर्यटन विकासका लागि निजी क्षेत्रसँग सहकार्य गर्न तयार छौं : मन्त्री पाण्डे

हिमाल प्रेस १७ भदौ २०८१ १५:४१
4
SHARES
पर्यटन विकासका लागि निजी क्षेत्रसँग सहकार्य गर्न तयार छौं :  मन्त्री पाण्डे पर्यटनमन्त्री बद्री पाण्डे

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको बताएका छन्।

सोमबार राजधानीमा आयोजित ट्रेकिङ ऐजेन्सिज एशोशियसन अफ नेपाल (टान) को ४६ औं वार्षिक साधरणसभा समारोहलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन क्षेत्रको विकास र प्रवर्द्धनका लागि निजी क्षेत्रको भूमिका अपरिहार्य रहेको बताए।

पाण्डेले भने, ‘मन्त्रालय निजी क्षेत्रसँग सहकार्य गरेर पर्यटन क्षेत्रको विकास गर्न तत्पर छ। पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्रको भूमिका महत्वपूर्ण छ।’

उनले पर्यटन क्षेत्रको विकासमा नागरिक उड्डयनको क्षेत्र प्रभावकारी हुनुपर्नेमा जोड दिए। उनले उड्डयन क्षेत्रमा विश्वास दिलाउन सकेको अवस्थामा मात्रै विदेशी पर्यटकहरू भित्र्याउन सकिने गरि विश्वास दिलाउनु पर्ने बताए।

मन्त्री पाण्डेले नेपालको पर्यटनको विकासमा पर्यटन विकास नीति, संस्कृति नीति र हवाई नीति परिमार्जन गर्ने काम भईरहेको बताए। उनले हवाई क्षेत्र सुरक्षित बनाउनका लागि नियामक र सेवा प्रदायक निकायलाई छुट्टयाउने गरि ल्याएको विधेयक अर्थबाट कानुन मन्त्रालय पुगिसकेको जानकारी दिए।

फरक प्रसंगमा बोल्दै मन्त्री पाण्डेले वर्तमान सरकार ०८४ सम्मै रहने विश्वास उल्लेख गरे। उनले भने,‘यो सरकार ८४ सम्म नै रहन्छ। सरकारलाई स्थायी रूपमा लिन चाहान्छौ। आवश्यकताअनुसार अन्य दलहरूलाई समेत साथमा लिन सकिन्छ,’ उनले भने,‘०८४ को चुनावमा एमाले र कांग्रेसबीच प्रतिस्पर्धा हुन्छ, तर कांग्रेस– एमाले मिलेर आवश्यकता अनुसार जोखिम मल्न पनि चाहान्छौं।

प्रकाशित: १७ भदौ २०८१ १५:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 10 =