एन्फा महिला लिग आजदेखि

हिमाल प्रेस १६ भदौ २०८१ ९:२५
6
SHARES
एन्फा महिला लिग आजदेखि

काठमाडौँ- अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा एन्फा महिला लिग फुटबल आजदेखि सुरु हुँदैछ। लिगमा कूल १० टोलीको सहभागिता रहनेछ।

उद्घाटन खेलमा कोशी प्रदेश र वालिङ नगरपालिका स्याङ्जाबीच प्रतिस्पर्धा हुनेछ। खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो ३ बजे सुरु हुनेछ। उद्घाटन खेलका लागि दर्शकलाई निःशुल्क प्रवेशको व्यस्था गरिएको एन्फाले जनाएको छ।

महिला लिगमा एपीएफ एफसी, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, चन्द्रपुर नगरपालिका, वालिङ नगरपालिका, कोशी प्रदेश, सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, संकटा एफसी र बागमती युथ क्लब छन्।महिला लिगको पहिलो चरणमा सिंगल राउण्ड रोविनका आधारमा खेल हुनेछ। पहिलो चरणपछि शीर्ष पाँच टोली अर्को चरणमा प्रवेश गर्नेछन्।

जहाँ पाँच टोलीबीच डबल राउण्ड रोविनका आधारमा सुपर लिग खेल्नेछन्। सुपर लिगमा २० खेल हुनेछ। त्यसपछि शीर्ग शीर्ष चार टोलीबीच क्वालिफायर, इलिमिनेटर र फाईनल हुनेछ।

प्रकाशित: १६ भदौ २०८१ ९:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + fourteen =