राफिन्हाको ह्याट्रिकमा बार्सिलोनाको फराकिलो जित

हिमाल प्रेस १६ भदौ २०८१ ७:२०
4
SHARES
राफिन्हाको ह्याट्रिकमा बार्सिलोनाको फराकिलो जित

काठमाडौँ- स्पेनिस ला लिगामा बार्सिलोनाले सानदार जित निकालेको छ। शनिबार राति ओलम्पिक स्टेडियममा भएको खेलमा बार्सिलोनाले रियल भालाडोलिडमाथि ७-० को फराकिलो जित दर्ता गरेको हो। बार्सिलोनाको जितमा राफिन्हाले ह्याट्रिक गरेका थिए।

पहिलो हाफको २० औँ मिनेटमा राफिन्हाको गोलमा बार्सिलोनाले सुरुवाती अग्रता बनाएको थियो। ब्राजिलियन राफिन्हाले ८ मिनेटको अन्तरमा दुई गोल गरेका थिए। उनले ६४ र ७२ औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे।

रोबर्टो लेवान्डोस्कीले खेलको २४ औँ मिनेटमा गोल गरे। बार्सिलोनाका लागि जुलेस काउन्डे, डानी ओल्मो र फेरान टोरेसले गोल गरे। लिगमा लगातार चार खेलमा जित निकालेको बार्सिलोना १२ अंकमा तालिकाको शीर्ष स्थानमा छ।

समान खेलबाट ८ अंक बनाएको एथलेटिको मड्रिड ८ अंकमा तालिकाको दोस्रो स्थानमा छ। समान खेल र अंकबाट भिल्ला रियल तेस्रो स्थानमा छ।

प्रकाशित: १६ भदौ २०८१ ७:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × three =