
काठमाडौँ- स्पेनिस ला लिगामा सेभिल्लामाथि सानदार गोल निकाल्दै बार्सिलोनाले जित दर्ता गरेको छ। शीर्षको दौडमा रहेको बार्सिलोनाले जित्नैपर्ने दबाबका सेभिल्लामाथि ४-१ को जित निकालेको हो। बार्सिलोनाका लागि फर्मिक लोपेजले सुरुवाती समयमै रातो कार्ड खाएर बाहिरिँदा दबाब हुने अनुमान गरिएको थियो। तर, दबाबका बाबजुत पनि बार्सिलोनाले जित निकाल्न सफल भयो।
पहिलो हाफको सातौँ मिनेटमा रोवर्टो लेवान्डोस्कीको गोलमा बार्सिलोनाले सुरुवाती अग्रता बनाएको थियो। तर सेभिल्लाले केही मिनेटमै गोल गर्दै खेलमा फर्कियो। सेभिल्लाका लागि रुवेन भार्गसले सेभिल्लालाई खेलमा फर्काएका थिए। तर खेलको ६२ औँ मिनेटमा सिधै रातो कार्ड खाँदै मैदान छाडे।
त्यसअघि खेलको ५५ औँ मिनेटमा राफिन्हाको गोलमा बार्सिलोनाले अग्रता फराकिलो पारेको थियो। खेलको ८९ औँ मिनेटमा इरिक गार्सियाको गोलमा बार्सिलोनाले ४–१ को जित दर्ता गर्यो।
जितसँगै बार्सिलोना ४८ अंकमा तालिकाको तेस्रो स्थानमा छ। रियल मड्रिड ५० अंकमा शीर्ष र एथलेटिको मड्रिड ४९ अंकमा दोस्रो स्थानमा छ। गएराति भएको अन्य खेलमा रियल सोसिडाडले स्प्यानोललाई २–१ ले हरायो। भ्यालेन्सियाले लेगेनासमाथि २–० ले तथा गेटाफेले डिपोर्टिभो ओभेसमाथि १–० को जित दर्ता गर्यो।