सरकारलाई राजेन्द्र लिङ्देनको चुनौती : पक्राउ गरेर देखाऊ

हिमाल प्रेस २ असोज २०८१ १८:२६ | Wednesday, September 18, 2024
सरकारलाई राजेन्द्र लिङ्देनको चुनौती : पक्राउ गरेर देखाऊ

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफूलाई पक्रेर देखाउन सरकारलाई चुनौती दिएका छन्।  बुधबार काठमाडौँमा नवनिर्वाचित केन्द्रीय सदस्यलाई पत्र प्रदान गर्दै लिङ्देनले संविधान दिवसका समयमा आफूलाई राज्यले नोटिसमा राखेको खबर पाएको भन्दै  पक्राउ गरेर देखाउन चुनौती दिएका हुन्।

आफू अहिलेको संविधानले व्यवस्था गरेको संघीयता, धर्म निरपेक्षताको विरोधी र विपक्षी भएको उनको भनाइ छ। उनले कुनै अराजकतामा आफ्नो भविष्य नखोजेकाले संयमता अपनाइरहेको धारणा पनि बताए।

लिङ्देनले अहिलेको संविधान जति परसम्म बोकेर लगिन्छ, त्यति नै जनताले दुख पाइराख्ने दाबी गरे। हिजो र आजका राम्रा कुरालाई समेटेर अघि बढ्नुको विकल्प नभएको भन्दै जबरजस्त गरे ढिलो चाँडो अहिलेको संविधान जनताले फ्याँक्ने र त्यसको नेतृत्व राप्रपाले गर्ने उनको भनाइ छ।

प्रकाशित: २ असोज २०८१ १८:२६ | Wednesday, September 18, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast