श्रीलंकामाथि नेपालको सहज जित

हिमाल प्रेस ७ असोज २०८१ १६:१० | Monday, September 23, 2024
श्रीलंकामाथि नेपालको सहज जित

काठमाडौँ– सुजन डंगोलको उत्कृष्ट प्रदर्शनप्रेरित नेपालले दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-१७ च्याम्पियनसिपमा पहिलो जित निकालेको छ। भुटानको चाङ्लिमिथाङ रंगशालामा सोमबार नेपालले श्रीलंकालाई ४-० ले पराजित गर्‍यो।

जितसँगै समूह ‘बी’ को नेपालले दुई खेलमा तीन अंक जोडेको छ। नेपाल पहिलो खेलमा पाकिस्तानसँग १-० ले पराजित भएको थियो। यता दुवै खेलमा पराजित श्रीलंका अंकविहिन छ। श्रीलंका पहिलो खेलमा घरेलु टोली भुटानसँग ५-१ ले पराजित भएको थियो

नेपाललाई जित दिलाउन सुजन डंगोलले ह्याट्रिक पूरा गर्दा विज्ञान खड्काले एक गोल थपे। खेलको नवौं मिनेटमा सुजनको गोलमार्फत नेपालले अग्रता लिएको थियो। उनले एकराज बिकको क्रसलाई हेडमार्फत पोस्टको दिशा दिए।

त्यसको चार मिनेटपछि सुजनले नै टोलीको अग्रता दोब्बर बनाए। कप्तान सुवास बमको पासमा बक्स भित्र रहेका सुजनले सहजै गोल गरे। सुजनले ३०औं मिनेटमा ह्याट्रिक पूरा गरे। उनले कृष्णबहादुर आलेको थ्रु पासलाई नियन्त्राणमा लिँदै बदल अगाडि बढाउँदै उत्कृष्ट गोल गरे।

निर्धारित समय सकिन सात मिनेट बाँकी रहँदा विज्ञानले गोल गर्दै नेपाललाई ४-० को सहज जित दिलाए। उनले सुजनको पासलाई पोस्टको दिशा दिए।

प्रकाशित: ७ असोज २०८१ १६:१० | Monday, September 23, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast